Advertisement
Advertisement
Corporate Samachar
१० श्रावण २०८३, आईतवार
Advertisement
Advertisement

नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक नेपाल’ अवार्ड

नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक नेपाल’ अवार्ड
विज्ञापन
Advertisement

काठमाडौं । नबिल बैंकले इन्डियन चेम्बर अफ कमर्स (आईसीसी) द्वारा प्रदान गरिएको ‘बेस्ट कमर्सियल बैंक नेपाल’ अवार्ड प्राप्त गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

भारतको नयाँ दिल्लीमा शुक्रबार आयोजित ‘चौथो इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एण्ड अवार्ड्स २०२६’ मा बैंकका सञ्चालक मलय मुखर्जीले उक्त अवार्ड ग्रहण गरेका हुन्।

बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र पाण्डेले ग्राहक, कर्मचारी र सरोकारवालाको विश्वास तथा सहयोगकै कारण यो उपलब्धि हासिल भएको बताउँदै यसले बैंकलाई उत्कृष्ट सेवा र नवप्रवर्तनमा थप प्रेरित गर्ने उल्लेख गरे।

नेपालसहित भारत, भुटान, श्रीलङ्का, म्यानमार, थाइल्यान्ड र बङ्गलादेशका बैंकहरू सहभागी रहेको उक्त अवार्ड कार्यक्रममा नबिल बैंक सम्मानित भएको हो। हाल बैंकले २६ लाखभन्दा बढी ग्राहकलाई २६४ शाखा र ३१५ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit