Advertisement
Advertisement
Corporate Samachar
१० श्रावण २०८३, आईतवार
Advertisement
Advertisement

माइतीघर डुबानको मुख्य कारण के हो ? यस्तो छ अध्ययन प्रतिवेदनको निष्कर्ष

माइतीघर डुबानको मुख्य कारण के हो ? यस्तो छ अध्ययन प्रतिवेदनको निष्कर्ष
विज्ञापन
Advertisement

काठमाडौं। माइतीघर मण्डला क्षेत्रमा वर्षायाममा हुने डुबानको मुख्य कारण पूर्वाधार निर्माणका क्रममा भएका प्राविधिक त्रुटि, जल प्रवाह क्षेत्रमा भएको अतिक्रमण तथा प्राकृतिक जलशोषक क्षेत्रको विनाश रहेको निष्कर्षसहित प्राविधिक प्रतिवेदन पेश गरिएको छ।

विज्ञापन
Advertisement
Advertisement

साउन ५ गते काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको नेतृत्वमा विकास साझेदार, सेवा प्रदायक निकाय तथा सम्बन्धित सरोकारवालासहितको अनुगमनपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रतिकार्य शाखा प्रमुख उपसचिव रामबहादुर के.सी.को संयोजकत्वमा गठित प्राविधिक टोलीले प्रतिवेदन तयार पारेको हो।

समितिमा काठमाडौं महानगरपालिकाका वरिष्ठ इञ्जिनियर जीवन रेग्मी, सडक विभागका इञ्जिनियर पुरुषोत्तम भण्डारी र काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रबन्धक उज्वल श्रेष्ठ सदस्य रहेका थिए। प्रतिवेदनअनुसार माइतीघर क्षेत्रको ढल निकास प्रणालीमा गम्भीर इन्जिनियरिङ त्रुटि रहेको छ। माथिल्लो भागमा ९० सेन्टिमिटर व्यासको ढल रहेको भए पनि तल्लो भागमा पुग्दा त्यसलाई ६० सेन्टिमिटरमा साँघुर्याइएकाले पानीको बहाव अवरुद्ध भई ‘बोटलनेक’ समस्या सिर्जना भएको र वर्षाको पानी सडकमा जम्ने गरेको उल्लेख गरिएको छ।

त्यसैगरी, टुकुचा खोलाको सतह बढेका बेला ढलको पानी खोलामा जान नसकी उल्टै सडक र बस्तीमा फर्कने ‘ब्याक फ्लो’ समस्याले पनि माइतीघर जलमग्न हुने गरेको प्रतिवेदनले औँल्याएको छ।प्रतिवेदनले वातावरणीय तथा सहरी विकासका कारणलाई पनि डुबानको प्रमुख कारण मानेको छ। विगतमा माइतीघर आसपासका खुला क्षेत्रले प्राकृतिक जलाधारको काम गर्दै वर्षाको पानी जमिनभित्र सोस्ने गरे पनि हाल ती क्षेत्रमा जिल्ला प्रहरी परिसर काठमाडौं, जिल्ला सरकारी वकिलको कार्यालयलगायतका संरचना निर्माण भएसँगै जमिन कंक्रिटले ढाकिएको र पानी सोसिने क्षमता घटेको उल्लेख गरिएको छ। यसले सतहमा बग्ने पानीको मात्रा बढाएर माइतीघर क्षेत्रमा केन्द्रित हुने अवस्था सिर्जना गरेको प्रतिवेदनमा भनिएको छ।

अनुगमनका क्रममा कतिपय स्थानमा ढलमाथि नै सरकारी तथा निजी संरचना निर्माण गरिएकाले नियमित सरसफाइ प्रभावित भएको तथा ढलभित्र प्लास्टिकजन्य फोहोर, बोतल र ढुंगा–गिट्टी थुप्रिएकाले पानीको बहाव थप अवरुद्ध भएको पाइएको छ। यस समस्याको समाधानका लागि कार्यवाहक प्रमुख डंगोलले स्थानीय प्रशासन तथा सम्बन्धित निकायसँग समन्वय गरेर सबै प्रकारका अवरोध तत्काल हटाउन निर्देशन दिएकी थिइन्।

प्रतिवेदनले तत्काल र दीर्घकालीन दुवै प्रकारका समाधानका उपाय पनि सिफारिस गरेको छ। तत्कालका लागि ढल निकास मार्गमा रहेका अवरोध हटाउने, म्यानहोलको उचाइ बढाउने र नियमित सरसफाइलाई प्राथमिकता दिन सुझाव दिइएको छ। दीर्घकालीन समाधानका रूपमा माइतीघर वा पुरानो स्वास्थ्य मन्त्रालय परिसरको सार्वजनिक जग्गामा भूमिगत ठूलो क्षमताको पानी भण्डारण ट्याङ्की निर्माण गर्न, टुकुचा खोलाको निकास बिन्दुमा ‘नन रिटर्न भल्भ’ जडान गर्न, उपत्यकाको ढल सञ्जालको जीआईएस म्यापिङ गर्न तथा माइतीघर क्षेत्रको क्याचमेन्ट एरियाअनुसार ढल प्रणाली पुनः डिजाइन गर्न प्रतिवेदनले सिफारिस गरेको छ।

साथै सडक, खानेपानी, ढल र विद्युत् लगायतका पूर्वाधार निर्माण गर्ने निकायबीच समन्वयको अभाव अन्त्य गर्दै एकीकृत पूर्वाधार विकास प्रणाली लागू गर्नुपर्ने आवश्यकता पनि प्रतिवेदनले महत्वका साथ उठाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit