Advertisement
Advertisement
Corporate Samachar
८ श्रावण २०८३, शुक्रबार
Advertisement
Advertisement

‘अमेरिका र युरोपका सडक हेरेर नेपालमा अव्यवहारिक सवारी नीति बनाउनु हुँदैन’

‘अमेरिका र युरोपका सडक हेरेर नेपालमा अव्यवहारिक सवारी नीति बनाउनु हुँदैन’
विज्ञापन
Advertisement

काठमाडौं। नेपाल यातायात व्यवसायी महासंघका अध्यक्ष सरोज सिटौलाले नेपालको सार्वजनिक यातायात क्षेत्र सुधारका लागि व्यवहारिक नीति र पर्याप्त पूर्वाधार आवश्यक रहेको बताएका छन्। उनले पूर्वाधारको व्यवस्था नगरी विदेशी मुलुकको नक्कल गर्दै नियम लागू गर्दा यातायात क्षेत्र झन् अव्यवस्थित बनेको बताएका हुन्।

विज्ञापन
Advertisement
Advertisement

सरकारले विदेशका सडक र यातायात प्रणालीको सिधै नक्कल गरेर नेपालमा नीति लागू गर्न नहुने बताए । ‘अमेरिका वा युरोपका सडक हेरेर नेपालको नियम बनाउनु हुँदैन। सिंहदरबारमा बसेर बनाइने नीति व्यवहारिक नहुँदा आज सार्वजनिक यातायात क्षेत्रमा लगानीकर्ता पनि खुसी छैनन्, कामदार पनि खुसी छैनन्,’ उनले भने।

काठमाडौं उपत्यकामा सवारी साधनको चाप अत्यधिक बढिसकेको उल्लेख गर्दै उनले पूर्वाधार विस्तारलाई पहिलो प्राथमिकता दिन सरकारसँग आग्रह गरे।उनका अनुसार हाल काठमाडौं उपत्यकामा करिब २३ लाख मोटरसाइकल र २६ लाखभन्दा बढी चारपाङ्गे सवारी साधन सञ्चालनमा छन्। ‘यति धेरै सवारी साधन कहाँ गुड्ने ? त्यसैले नियम थप्नुभन्दा पहिले सडक र पूर्वाधारको व्यवस्था गर्नुपर्छ,’ सिटौलाले भने।

शुक्रबार काठमाडौंस्थित नेपाल पुलिस क्लबमा आयोजित एक कार्यक्रममा बोल्दै सिटौलाले ट्राफिक प्रहरीको भूमिकाको प्रशंसा गर्दै राजधानीको यातायात व्यवस्थापन उनीहरूको सक्रियतामै निर्भर रहेको बताए।‘ट्राफिक प्रहरी सडकमा नहुँदा शहर नै अस्तव्यस्त हुन्छ। ट्राफिक प्रहरीको जवानदेखि उच्च तहसम्म सबैलाई सम्मान गर्न चाहन्छु,’ उनले भने।

उनले सार्वजनिक यातायात सुधारका लागि नीति निर्माण गर्दा नेपालको भौगोलिक अवस्था, सडक संरचना र वास्तविक आवश्यकतालाई आधार बनाउन सरकारसँग आग्रह गरे।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit