Advertisement
Advertisement
Corporate Samachar
११ श्रावण २०८३, सोमबार
Advertisement
Advertisement

अब नागरिक एपमार्फत ग्लोबल आइएमई बैंकमा अनलाइन खाता खोल्न सकिने

अब नागरिक एपमार्फत ग्लोबल आइएमई बैंकमा अनलाइन खाता खोल्न सकिने
विज्ञापन
Advertisement

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने सुविधा सुरु गरेको छ। यससँगै राष्ट्रिय परिचयपत्रका आधारमा नागरिक एपमा आबद्ध नेपाली नागरिकले अनलाइनमार्फत व्यक्तिगत बचत खाता खोल्न सक्ने भएका छन्।

विज्ञापन
Advertisement
Advertisement

बैंकका अनुसार नागरिक एप प्रयोगकर्ताले एपमार्फत बैंकको वेबसाइटमा रहेको क्यूआर कोड स्क्यान गरी खाता खोल्न सक्नेछन्। आवश्यक क्यूआर कोड नागरिक एपमा उपलब्ध गराइएको लिङ्कमार्फत प्राप्त गर्न सकिने बैंकले जनाएको छ।

नेपालमै पहिलो पटक सुरु गरिएको यस सेवाअन्तर्गत १८ वर्ष वा सोभन्दा माथिका, राष्ट्रिय परिचयपत्र बनाई नागरिक एपमा आबद्ध भएका नागरिकले अनलाइनबाटै ग्लोबल आइएमई बैंकमा खाता खोल्न सक्नेछन्।

खाता खोल्ने क्रममा बैंकले सम्बन्धित व्यक्तिको पूर्व सहमतिमा नागरिक एपबाट आवश्यक व्यक्तिगत विवरण सुरक्षित रूपमा प्राप्त गर्नेछ। यसले विवरण पुनः प्रविष्ट गर्नुपर्ने झन्झट हट्नुका साथै ग्राहकको गोपनीयता र सूचनाको सुरक्षा सुनिश्चित हुने बैंकको दाबी छ।

नागरिक एपमार्फत खोलिएको खाता सञ्चालनका लागि भने ग्राहकले आफ्नो नजिकको शाखा कार्यालयमा गई वा भिडियो केवाईसीमार्फत प्रमाणीकरण गर्नुपर्नेछ।

बैंकका अनुसार यस सेवामार्फत सरकारी डिजिटल पूर्वाधारको उपयोग गर्दै सुरक्षित, सरल र भरपर्दो डिजिटल बैंकिङ सेवा विस्तार गरिएको हो। नागरिक एपसँगको सहकार्यले खाता खोल्ने प्रक्रियालाई थप सहज, पारदर्शी र प्रविधिमैत्री बनाउनुका साथै ग्राहकलाई आधुनिक बैंकिङ अनुभव प्रदान गर्ने विश्वास बैंकले लिएको छ।

आधुनिक प्रविधि र ग्राहक सेवाका लागि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्दै आएको ग्लोबल आइएमई बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’ तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’को उपाधि प्राप्त गरिसकेको छ। यसका साथै बैंकले युरोमनी अवार्ड फर एक्सलेन्स (२०२२, २०२४ र २०२५), ‘बेस्ट बैंक ईएसजी नेपाल २०२४’ र ‘बेस्ट इम्प्लोयर’ लगायतका प्रतिष्ठित सम्मान पनि प्राप्त गरेको छ।

ग्लोबल आइएमई बैंक ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। हाल बैंकले ३४२ शाखा कार्यालय, ३६८ एटिएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत सेवा प्रदान गर्दै आएको छ।

साथै, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, संयुक्त अरब इमिरेट्स र भारतलगायतका मुलुकबाट औपचारिक माध्यममार्फत विप्रेषण भित्र्याउँदै बैंकले राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान पुर्‍याउँदै आएको जनाएको छ।

लिङ्कः https://nagarik.gibl.com.np

लिङ्कः https://nagarik.gibl.com.np

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit