Advertisement
Advertisement
Corporate Samachar
११ श्रावण २०८३, सोमबार
Advertisement
Advertisement

एआई, रोबोटिक्स र ड्रोन प्रविधिमा सनवे इनोभेसन फेस्टमा उत्साहजनक सहभागिता

एआई, रोबोटिक्स र ड्रोन प्रविधिमा सनवे इनोभेसन फेस्टमा उत्साहजनक सहभागिता
विज्ञापन
Advertisement

काठमाडौं । प्रविधिको भविष्यलाई नजिकबाट अनुभव गराउने उद्देश्यले सनवे कलेजले आयोजना गरेको ‘सनवे इनोभेसन फेस्ट’ मा कृत्रिम बुद्धिमत्ता (एआई), रोबोटिक्स र ड्रोन प्रविधि मुख्य आकर्षण बनेका छन्। विद्यार्थी, प्रविधिप्रेमी, अनुसन्धानकर्ता तथा उद्योग क्षेत्रका विज्ञहरूको सहभागिता रहेको कार्यक्रममा अत्याधुनिक प्रविधिको प्रत्यक्ष अवलोकन र प्रयोगात्मक अभ्यास गराइएको थियो।

विज्ञापन
Advertisement
Advertisement

सनवे कलेजका अध्यक्ष विज्ञान श्रेष्ठका अनुसार फेस्टमा एआई, रोबोटिक्स, ड्रोन प्रविधि, अनुसन्धान, नवप्रवर्तन तथा करिअर विकासका विविध पक्षलाई एउटै मञ्चमा समेटिएकाले सहभागीहरूले एकै स्थानबाट बहुआयामिक ज्ञान र अनुभव हासिल गरेका छन्। कार्यक्रममा विभिन्न कार्यशाला, छलफल, प्रतियोगिता तथा प्रविधि प्रदर्शनीसमेत आयोजना गरिएको थियो।

कार्यक्रमअन्तर्गत सूचना प्रविधिका विज्ञहरूको सहयोगमा नेपाल बार एसोसिएसनअन्तर्गतका कानुन व्यवसायी तथा आर्थिक महिला पत्रकार संघका पत्रकार महिलालाई एआई प्रविधि र यसको प्रयोगबारे प्रशिक्षण दिइएको थियो। ‘एआई इन जर्नालिज्म’ र ‘फिजिकल एआई’ विषयमा आयोजित छलफलमा सञ्चार, प्रविधि तथा अनुसन्धान क्षेत्रका विज्ञहरूले पत्रकारिता, कानुन, उद्योग र दैनिक जीवनमा एआईले ल्याइरहेको परिवर्तनबारे अनुभव आदानप्रदान गरेका थिए।

अध्यक्ष श्रेष्ठले सहभागीहरूले आधुनिक एआई उपकरणको प्रयोगमार्फत छिटो, प्रभावकारी र सिर्जनात्मक रूपमा सफ्टवेयर विकास गर्ने सीप सिक्ने अवसर पाएको बताए।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल, निवर्तमान अध्यक्ष राजेन्द्र मल्ल तथा नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेलगायतले सूचना प्रविधिको युगअनुसार नीति, लगानी र अनुसन्धानलाई प्राथमिकता दिनुपर्ने धारणा राखेका थिए।

विद्यार्थीको सिर्जनशीलता र अनुसन्धानलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘स्टुडेन्ट इनोभेसन शोकेस’ पनि आयोजना गरिएको थियो। विद्यार्थीले विकास गरेका विभिन्न नवप्रवर्तनात्मक परियोजना र एपलाई उत्कृष्टताका आधारमा पुरस्कृत तथा सम्मान गरिएको थियो।

सनवे कलेजका प्रिन्सिपल कुशल रेग्मीले यस्तो कार्यक्रमले विद्यार्थीलाई आफ्ना अनुसन्धान र परियोजना उद्योग, विज्ञ तथा अन्य सरोकारवालासमक्ष प्रस्तुत गर्ने अवसर प्रदान गरेको बताए।

फेस्टमा विद्यार्थी तथा युवा जनशक्तिको करिअर विकासलाई लक्षित गर्दै करिअर काउन्सिलिङ र मोक इन्टरभ्यु सत्रसमेत सञ्चालन गरिएको थियो। सहभागीहरूले उद्योगका विज्ञसँग प्रत्यक्ष संवाद गर्दै रोजगारीका अवसर, अन्तर्वार्ता तयारी तथा करिअर विकाससम्बन्धी उपयोगी सुझाव प्राप्त गरेका थिए।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit