Advertisement
Advertisement
Corporate Samachar
११ श्रावण २०८३, सोमबार
Advertisement
Advertisement

नेपाल एसबिआई बैंक चार प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित

नेपाल एसबिआई बैंक चार प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड इन्डियन चेम्बर अफ कमर्सद्वारा बैंक तथा वित्तीय संस्थालाई प्रदान गरिने चार प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ।

विज्ञापन
Advertisement
Advertisement

बैंकले ‘बेस्ट बैंक इन एमएसएमई एक्सेलेरेसन’, ‘बेस्ट पर्फर्मेन्स अन एसेट क्वालिटी’, ‘बेस्ट पर्फर्मेन्स अन प्रोफिटेबिलिटी’ र ‘बेस्ट कमर्सियल बैंक’ विधामा सम्मान प्राप्त गरेको हो।

भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैंकिङ अवार्ड २०२६ कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द र वित्त तथा योजना विभाग प्रमुख नेत्र खतिवडाले उक्त पुरस्कार ग्रहण गरेका थिए।

बैंकका अनुसार यी अन्तर्राष्ट्रिय सम्मानले व्यावसायिक बैंकिङमा उत्कृष्टता, सम्पत्तिको गुणस्तर, नाफामुखी कार्यसम्पादन तथा साना तथा मझौला उद्यम (एमएसएमई) प्रवर्द्धनप्रति बैंकको प्रतिबद्धतालाई अन्तर्राष्ट्रिय रूपमा स्थापित गरेको छ।

यस अवसरमा बैंकले आफ्ना शेयरधनी, ग्राहक तथा नियामक निकायप्रति आभार व्यक्त गर्दै प्राप्त सम्मानले सेवा थप सुदृढ बनाउन तथा राष्ट्रिय आर्थिक विकास र समृद्धिमा अझ प्रभावकारी योगदान पुर्‍याउन प्रेरणा मिलेको जनाएको छ।

नेपाल एसबिआई बैंकले विगत ३३ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको छ। हाल बैंकका १०३ शाखा, २२ एक्सटेन्सन काउन्टर, ७ प्रदेश कार्यालय, २१ शाखारहित बैंकिङ सेवा, १२७ एटिएम र एक कर्पोरेट कार्यालय सञ्चालनमा रहेका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit