Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

२४.७६ अंकले घट्यो नेप्से, कारोबार भने दुई अर्ब रुपैयाँ माथि

२४.७६ अंकले घट्यो नेप्से, कारोबार भने दुई अर्ब रुपैयाँ माथि
विज्ञापन
Advertisement

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज सेयर बजारका सबै सूचक घटेका छन् । नेप्से परिसूचक २४.७६ अंक घटेर २,६२८.९१ विन्दुमा बन्द भएको हो ।

विज्ञापन
Advertisement
Advertisement

नेप्से परिसूचक घटे पनि आज कारोबार रकम बढेको छ । आज दुई अर्ब १४ करोड रुपैयाँले बढेर ११ अर्ब २३ करोड १४ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । बुधबार नौ अर्ब आठ करोड ५८ लाख रुपैयाँको कारोबार भएको थियो । जम्मा ४७ कम्पनीको मूल्य बढ्दा आज २०१ वटाको को कारोबार रकम घटेको छ ।

सबै समूहगत सूचकमध्ये व्यापार सबैभन्दा धेरै २.४७ प्रतिशतले घटेको छ । बैंकिङ ०.५०, विकास बैंक १.१२, फाइनान्स ०.९३, होटल तथा पर्यटन ०.९६, हाइड्रोपावर १.३४, लगानी ०.७३, जीवन बीमा ०.४१, उत्पादन १.०१, माइक्रोफाइनान्स १.०६, निर्जीवन बीमा ०.३४ तथा अन्य समूह १.१२ प्रतिशतले घटेको हो ।

पन्चकन्या माइ हाइड्रोपावरको मूल्य १० प्रतिशत, मध्यभोटेकोशी जलविद्युत् कम्पनीको ५.५५, शिवश्री हाइड्रोको ४.०४, पाँचथर पावरको ३.५९ र आँखुखोला जलविद्युत् कम्पनीको ३.२३ प्रतिशतले कारोबार बढेको छ ।

आज कारोबारमा आएका मध्ये पियोर इनर्जी, रसुवागढी हाइड्रोपावर र भूगोल इनर्जीको मूल्य १० प्रतिशतले सेयर मूल्य घटेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit