Advertisement
Advertisement
Corporate Samachar
७ भाद्र २०८३, आईतवार
Advertisement
Advertisement

साउनमा राजस्व संकलन दर ८.२५ प्रतिशत वृद्धि, लक्ष्य भेट्न मासिक १.३२ खर्ब उठाउनुपर्ने

साउनमा राजस्व संकलन दर ८.२५ प्रतिशत वृद्धि, लक्ष्य भेट्न मासिक १.३२ खर्ब उठाउनुपर्ने
विज्ञापन
Advertisement

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा सरकारको राजस्व संकलन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.२५ प्रतिशतले बढेको छ। तर, सरकारले चालु वर्षका लागि राखेको महत्वाकांक्षी राजस्व लक्ष्यको तुलनामा सुरुवाती महिनाको संकलन केही कमजोर देखिएको छ।

विज्ञापन
Advertisement
Advertisement

महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार साउन मसान्तसम्म सरकारले ९२ अर्ब २२ करोड ५३ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। गत आर्थिक वर्षको साउनमा यस्तो राजस्व संकलन करिब ८५ अर्ब १९ करोड रुपैयाँ रहेको थियो। यस आधारमा एक वर्षमा राजस्व संकलन ८.२५ प्रतिशतले वृद्धि भएको हो। सरकारले चालु आर्थिक वर्षमा १५ खर्ब ८० अर्ब रुपैयाँ बढी राजस्व उठाउने महत्वाकांक्षी लक्ष्य राखेको छ। गत आर्थिक वर्षमा सरकारले १२ खर्ब ४१ अर्ब रुपैयाँ राजस्व उठाएको आधारमा चालु वर्षको लक्ष्य करिब २७ प्रतिशतले बढी हो। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटले राजस्व परिचालनलाई उच्च प्राथमिकता दिएको बताउँदै आएका छन्।

कर राजस्व ४ अर्ब ५२ करोडले बढ्यो

साउनमा संकलित कुल राजस्वमध्ये कर राजस्व ८५ अर्ब १९ करोड ६ लाख रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा ८० अर्ब ६७ करोड ७ लाख रुपैयाँ कर राजस्व संकलन भएको थियो। यसअनुसार एक वर्षमा कर राजस्व ४ अर्ब ५१ करोड ९९ लाख रुपैयाँले वृद्धि भएको छ। प्रतिशतका आधारमा कर राजस्वमा करिब ५.६ प्रतिशतको बढोत्तरी देखिएको छ। गैरकर राजस्वतर्फ भने वृद्धि दर तुलनात्मक रूपमा उच्च छ। चालु आर्थिक वर्षको पहिलो महिनामा सरकारले ७ अर्ब ३ करोड ४७ लाख रुपैयाँ गैरकर राजस्व संकलन गरेको छ। गत वर्ष साउनमा यस्तो राजस्व ३ अर्ब ७९ करोड ५० लाख रुपैयाँ थियो। तुलनात्मक रुपमा हेर्दा गत वर्ष भन्दा गैरकर राजस्व करिब ३ अर्ब २४ करोड रुपैयाँले बढेको छ।

वार्षिक लक्ष्य भेट्न मासिक १.३२ खर्ब आवश्यक

सरकारले चालु आर्थिक वर्षमा १५ खर्ब ८० अर्ब, ३१ करोड ८३ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ। साउनसम्म ९२ अर्ब २२ करोड ५३ लाख रुपैयाँ उठिसकेपछि अब १४ खर्ब ८७ करोड ४७ लाख रुपैयाँ संकलन गर्न बाँकी छ। यसअनुसार बाँकी ११ महिनामा सरकारले औसत प्रतिमहिना १ खर्ब ३१ अर्ब ७० करोड रुपैयाँ राजस्व उठाउनुपर्ने हुन्छ। साउनको संकलनलाई हेर्दा वार्षिक लक्ष्य हासिल गर्न आगामी महिनामा राजस्व संकलनको गति उल्लेख्य रूपमा बढाउनुपर्ने देखिन्छ। एक महिनाको संकलनले वार्षिक लक्ष्यको करिब ५.८४ प्रतिशत मात्र हिस्सा ओगटेको छ।

कुल सरकारी प्राप्ति ९३ अर्ब ४४ करोड

राजस्वबाहेक अन्य प्राप्तिसमेत जोड्दा साउनमा सरकारको कुल प्राप्ति ९३ अर्ब ४३ करोड ६३ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कुल प्राप्ति ८५ अर्ब १९ करोड ६५ लाख रुपैयाँ थियो। यसरी कुल सरकारी प्राप्तिमा करिब ९.७ प्रतिशतको वृद्धि भएको देखिन्छ। तर, आम्दानी बढेको भए पनि सरकारी खर्च भने अघिल्लो वर्षको तुलनामा घटेको छ।

सरकारी खर्च ९.५ प्रतिशत घट्यो 

महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनसम्म सरकारको कोषबाट ४१ अर्ब ८८ करोड ५८ लाख रुपैयाँ खर्च भएको छ। गत वर्षको सोही अवधिमा यस्तो खर्च ४६ अर्ब ३० करोड ६१ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा यसपटक सरकारी खर्च ४ अर्ब ४२ करोड ३ लाख रुपैयाँले घटेको छ। प्रतिशतमा यस्तो कमी करिब ९.५ प्रतिशत हुन्छ।

चालु आर्थिक वर्षको पहिलो महिनामा चालुतर्फ २१ अर्ब ४० करोड ३८ लाख रुपैयाँ, पुँजीगततर्फ १३ अर्ब २८ करोड ५० लाख रुपैयाँ र वित्तीय व्यवस्थातर्फ १९ अर्ब १५ करोड ३५ लाख रुपैयाँ खर्च भएको विवरण छ। यसले साउनमा सरकारको आम्दानी अघिल्लो वर्षको तुलनामा बढे पनि खर्चतर्फ भने संकुचन देखिएको संकेत गर्छ। साउनको तथ्यांकले राजस्व संकलनमा सामान्य सुधार देखाए पनि १५ खर्ब ८० अर्बको वार्षिक लक्ष्य हासिल गर्न आगामी ११ महिनामा सरकारसामु पहिलो महिनाको तुलनामा उल्लेख्य रुपमा राजस्व उठाउनुपर्ने चुनौती छ।

अर्थ मन्त्रालयले आ.व. २०८३/८४ को बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शनसमेत जारी गरिसकेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit