Advertisement
Advertisement
Corporate Samachar
८ भाद्र २०८३, सोमबार
Advertisement
Advertisement

मधेश प्रदेश सरकारद्वारा आठवटै जिल्लाका प्रहरी कार्यालयलाई पिकअप हस्तान्तरण

मधेश प्रदेश सरकारद्वारा आठवटै जिल्लाका प्रहरी कार्यालयलाई पिकअप हस्तान्तरण
विज्ञापन
Advertisement

जनकपुर । मधेश प्रदेश सरकार अन्तर्गतको गृह, सञ्चार तथा कानुन मन्त्रालयले मधेश प्रदेशका आठवटै जिल्लाका जिल्ला प्रहरी कार्यालयलाई पिकअप सवारी साधन हस्तान्तरण गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

मधेश प्रदेशका आठवटै जिल्लाका जिल्ला प्रहरी कार्यालयलाई एक /एक वटा साथै सर्लाही, रौतहट, चन्द्रपुर र गरुडा ईलाका प्रहरी कार्यालयलाई थप एक/एक वटा गरी जम्मा १२ वटा पिकअप प्रहरी भ्यान हस्तान्तरण गरिएको छ ।  हस्तान्तरण गरिएको पिकअप भ्यानमा अपर इमरजेन्सी लाईट, साइरन, सेफ्टि बक्स किट, टुलबक्स, ट्राफिक लाईट हाइलाइटर स्टिक पनि समावेश रहेको छ । प्रदेश सरकारले प्रत्येक वर्ष प्रदेशभरीका सुरक्षा निकायका निम्त बजेट छ्ट्याउने गरेको छ ।

यस वर्ष प्रति पिकअप ३९ लाख ५ हजार रुपैयाँको रकम छुट्याइएको थियो । अबको केही दिन पछि गृहमन्त्रालयकै तर्फबाट प्रदेशभरिका सस्त्र प्रहरी बल र नेपाल प्रहरीलाई ७० वटा मोटरसाईकल हस्तान्तरण गर्ने गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले जानकारी दिए ।

उनले प्रदेश सरकार सुरक्षा निकायलाई चुस्त दुरुस्त बनाउन सदैव साकारात्मक रहेको उल्लेख गर्दै सम्पूर्ण सुरक्षा निकायलाई जनताको सेवालाई प्राथमिकतामा राखेर कार्य गर्न निर्देशन दिए । गृहमन्त्री महतोले आठवटै जिल्लाका प्रहरी प्रमुखलाई मन्त्रालयसंग समन्वय गरेर कार्य गर्न आग्रह गरे । उनले स्रोत साधन वा अन्य कुनै भौतिक वा आर्थिक सहयोगको आवश्यकता भए मन्त्रालयलाई जानकारी गराउन आग्रह गरे । गृहमन्त्री महतोले सुरक्षा व्यवस्थापनका निम्ति आफू र गृहमन्त्रालय २४ घण्टा उपलब्ध रह्ने प्रतिबद्धता जाहेर गरे ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit