Advertisement
Advertisement
Corporate Samachar
१८ असार २०८३, बिहीबार
Advertisement

विपद् पीडितलाई ६ महिनापछि बल्ल अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता वितरण

विपद् पीडितलाई ६ महिनापछि बल्ल अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता वितरण
विज्ञापन
Advertisement

काठमाडौं । गत असोजको अविरल वर्षासँगै आएको बाढीपहिरोबाट पीडित भएका जिल्लाका सर्वसाधारणलाई अस्थायी आवास निर्माण गर्न सरकाले १० स्थानीय तहमा अनुदान वितरण थालेको छ ।

विज्ञापन
Advertisement
Advertisement

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत सरकारले दुई हजार ८९५ घरपरिवारलाई पहिलो किस्ताबापत २५ हजार रुपैयाँ प्रदान गर्ने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए ।

“माग भएअनुसार जिल्ला प्रशासन कार्यालयलाई रकम प्राप्त भएको र गत आइतबारदेखि प्रभावित परिवारलाई वितरण गरिरहेका छौँ,” ढकालले भने ।

प्राधिकरणले दोस्रो किस्ताबापत २५ हजार उपलब्ध हुने जनाएको छ । पहिलो चरणमा महाभारत गाउँपालिकामा १७, बेथानचोकमा २ सय ३९ र नमोबुद्ध नगरमा ८ सय २४ घर परिवारका लागि रकम माग गरिएको थियो ।

प्राधिकरणले निजी आवास पूर्णरुपमा क्षति भएको, आंशिक क्षति भएता पनि बसोबास गर्न योग्य नरहेका घरपरिवारलाई तत्काल अस्थायी आवास निर्माणका लागि अनुदान उपलब्ध गराउने निर्णयअनुसार चरणबद्ध रुपमा अनुदान रकम निकासा गरिएको जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit