Advertisement
Advertisement
Corporate Samachar
४ आश्विन २०८३, आईतवार
Advertisement

जीडब्ल्यूएमका ओरा ५ र ट्यांक ३००ले जिते अन्तर्राष्ट्रिय अटोमोटिभ डिजाइन अवार्ड

जीडब्ल्यूएमका ओरा ५ र ट्यांक ३००ले जिते अन्तर्राष्ट्रिय अटोमोटिभ डिजाइन अवार्ड
विज्ञापन
Advertisement

काठमाडौं । चिनियाँ अटोमोबाइल निर्माता जीडब्ल्यूएमका दुई चर्चित मोडल ओरा ५ र ट्यांक ३०० ले २०२६ टोरिनो अटोमोटिभ डिजाइन अवार्ड्समा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेका छन्।

विज्ञापन
Advertisement
Advertisement

डिजाइन, नवप्रवर्तन र अटोमोबाइल इन्जिनियरिङमा आफ्नो पहिचान बनाउँदै आएको जीडब्ल्यूएमका यी दुई मोडलले फरक–फरक विधामा अवार्ड हात पारेका हुन्। ओरा ५ ले पारिवारिक कार विधाअन्तर्गत ‘उत्कृष्ट भित्री डिजाइन अवार्ड’ प्राप्त गरेको छ भने ट्यांक ३०० ले प्रिमियम कार विधाअन्तर्गत ‘उत्कृष्ट प्राविधिक नवप्रवर्तन अवार्ड’ जितेको हो।

कम्पनीका अनुसार यी सम्मानले जीडब्ल्यूएमका विभिन्न मोडलमा रहेको डिजाइन तथा प्रविधिगत क्षमतालाई अन्तर्राष्ट्रिय स्तरमा थप स्थापित गरेको छ।

ओरा ५ 

पारिवारिक कार विधामा उत्कृष्ट भित्री डिजाइन अवार्ड प्राप्त गरेको ओरा ५ को भित्री भागलाई आराम, प्रविधि र दैनिक प्रयोगलाई केन्द्रमा राखेर तयार गरिएको कम्पनीले जनाएको छ। आधुनिक डिजाइनसँगै प्रविधिमैत्री चालक कक्ष, सहज जडान प्रणाली तथा यात्राको आरामलाई प्राथमिकता दिइएको यसको भित्री संरचनाले नयाँ पुस्ताका विद्युतीय सवारीसाधनको बदलिँदो आवश्यकतालाई सम्बोधन गर्ने कम्पनीको भनाइ छ। कम्पनीका अनुसार ओरा ५ को डिजाइनमा आकर्षक स्वरूपसँगै व्यवहारिकता र प्रविधिलाई समेत समान महत्व दिइएको छ। यही डिजाइन अवधारणाका कारण यसले टोरिनो अटोमोटिभ डिजाइन अवार्ड्समा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको हो।

ट्यांक ३०० 

प्रिमियम कार विधाअन्तर्गत उत्कृष्ट प्राविधिक नवप्रवर्तन अवार्ड प्राप्त गरेको ट्यांक ३०० ले जीडब्ल्यूएमको प्रिमियम एसयूभी तथा अफरोड प्रविधिको क्षमता प्रस्तुत गरेको छ। जीडब्ल्यूएमको ट्यांक ब्रान्डअन्तर्गत विकसित ट्यांक ३०० मा प्रिमियम एसयूभीका विशेषता, उन्नत अफरोड प्रविधि र बलियो इन्जिनियरिङलाई एकैसाथ समेटिएको कम्पनीले जनाएको छ। टोरिनो अटोमोटिभ डिजाइन अवार्ड्समा प्राप्त सम्मानले ट्यांक ३०० को प्रविधिगत नवप्रवर्तन तथा इन्जिनियरिङ क्षमतालाई अन्तर्राष्ट्रिय पहिचान थपेको कम्पनीको दाबी छ।

विद्युतीय कारदेखि प्रिमियम एसयूभीसम्म

ओरा ५ र ट्यांक ३०० ले प्राप्त गरेका फरक–फरक सम्मानले जीडब्ल्यूएमको विश्वव्यापी सवारीसाधन पोर्टफोलियोको विविधतालाई समेत देखाएको कम्पनीको बुझाइ छ। एकातर्फ ओरा ५ ले आधुनिक विद्युतीय सवारीसाधनको डिजाइन, आराम र स्मार्ट प्रविधिलाई प्रतिनिधित्व गर्छ भने अर्कोतर्फ ट्यांक ३०० ले प्रिमियम एसयूभी, उन्नत प्रविधि तथा अफरोड क्षमतालाई प्रस्तुत गर्छ।

नेपालमा समेत जीडब्ल्यूएमले आफ्नो पोर्टफोलियो विस्तार गरिरहेको अवस्थामा यी अन्तर्राष्ट्रिय सम्मानले नेपाली बजारमा ब्रान्डको डिजाइन तथा प्रविधिगत क्षमताबारे थप परिचय गराउने अपेक्षा गरिएको छ। नेपालका लागि जीडब्ल्यूएमको आधिकारिक आयातकर्ता तथा वितरक भीजी इम्पेक्स प्रालिले नेपाली ग्राहकको बदलिँदो आवश्यकता र अपेक्षाअनुसार विभिन्न श्रेणीमा जीडब्ल्यूएमका मोडल विस्तार गरिरहेको जनाएको छ।

कम्पनीका अनुसार शहरी यात्राका लागि विद्युतीय सवारीसाधनदेखि कठिन भूभागमा चलाउन सकिने एसयूभीसम्म जीडब्ल्यूएमले डिजाइन, प्रविधि र ड्राइभिङ अनुभवका विभिन्न पक्षलाई समेट्दै आफ्नो विश्वव्यापी सवारीसाधन पोर्टफोलियो विस्तार गरिरहेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit