काठमाडौं । गरिमा विकास बैंकले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि १ करोड १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ।
बैंकका अनुसार उक्त सहयोगमध्ये ५१ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरिएको छ। यसमा बैंकमा कार्यरत कर्मचारीको एक दिनको तलब तथा भत्ताबापत १६ लाख २० हजार ५ सय ५० रुपैयाँ योगदान र बैंकको तर्फबाट थप ३४ लाख ९० हजार ५ सय ६१ रुपैयाँ रहेको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीले जानकारी दिए ।
त्यस्तै, बैंकले प्रभावित क्षेत्रको शिक्षा, स्वास्थ्य तथा नागरिकको पुनःस्थापनाका लागि संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कोषमार्फत स्थानीय निकायसँगको समन्वयमा थप ५० लाख रुपैयाँ बराबरको प्रत्यक्ष सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
गरिमा विकास बैंकले सुरक्षित पुनःस्थापना तथा पुनर्निर्माणका लागि सम्बन्धित सबै पक्षबीच सहकार्य आवश्यक रहेको जनाएको छ।















प्रतिक्रिया दिनुहोस्