Advertisement
Advertisement
Corporate Samachar
४ आश्विन २०८३, आईतवार
Advertisement

सुन तोलामा २१ सय र चाँदी २० रुपैयाँले महँगियो, कारोबार मूल्य कति ?

सुन तोलामा २१ सय र चाँदी २० रुपैयाँले महँगियो, कारोबार मूल्य कति ?
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली बजारमा यो साताको पहिलो कारोबार दिन आइतबार सुन–चाँदीको मूल्य बढेको छ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य ३ लाख ५ हजार २०० रुपैया निर्धारण भएको छ। यो सँगै आइतबार सुन प्रतितोला २१ सय रुपैयाँले महँगिएको छ।
अघिल्लो कारोबार दिन (शुक्रबार) सुनको मूल्य ३ हजार ६ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसअघि बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ५ सय रुपैयाँमा खरिदबिक्री भएको थियो।

यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार आइतबार चाँदी प्रतितोला ४ हजार ७९५ रुपैयाँमा कारोबार भैरहेको छ । शुक्रबार प्रतितोला १५० रुपैयाँले बढेर ४ हजार ७ सय ७५ रुपैयाँमा किनबेच भएको चाँदी यसदिन तोलामा २० रुपैयाँले वृद्धि भएको छ। बिहीबार चाँदी प्रतितोला ४ हजार ६ सय २५ रुपैयाँमा कारोबार भएको थियो।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit