काठमाडौं। श्री डिस्टिलरी लिमिटेडले आफ्नो पाँचौँ वार्षिक साधारण सभा आगामी असोज २६ गते आयोजना गर्ने भएको छ।
कम्पनीले आइतबार सार्वजनिक गरेको सूचनाअनुसार सभा काठमाडौंको थापाथली हाइटस्थित कार्की बैङ्क्वेटमा बिहान ११ः३० बजे बस्नेछ।
सभामा आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरमाथि छलफल गरि पारित गर्ने, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) शेयर जारी गर्ने प्रस्तावमाथि छलफल गरिने जनाइएको छ। यस्तै, अन्य विविध विषयसमेत सभाको कार्यसूचीमा राखिएको छ।
सभा बोलाए पनि बुक क्लोज मिति भने तोकिएको छैन । श्री डिस्टिलरी कम्पनीको शेयर कारोबार संकेत (सिम्बोल) एसआरडीएल रहेको छ।















प्रतिक्रिया दिनुहोस्