Advertisement
Advertisement
Corporate Samachar
९ कार्तिक २०८३, आईतवार
Advertisement
Advertisement

हिमलुङ हिमपहिरोमा बेपत्ता भएकाको खोजी जारी

हिमलुङ हिमपहिरोमा बेपत्ता भएकाको खोजी जारी
विज्ञापन
Advertisement

काठमाडौं । मनाङको नार–फू क्षेत्रमा पर्ने ७ हजार १२६ मिटर अग्लो हिमलुङ हिमालमा आइतबार हिमपहिरो जाँदा १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन भएका छन्।

विज्ञापन
Advertisement
Advertisement

एक्सपिडिसन अपरेटर्स एसोसिएसन नेपालका महासचिव ऋषि भण्डारीले हिमपहिरोमा परी इम्याजिन नेपाल प्रालिका २ जना र हिमालयन होलिडेज नेपालका ८ जना सम्पर्कविहीन भएको जानकारी दिए।

जिल्ला प्रशासन कार्यालय मनाङका अनुसार सम्पर्कविहीन सबै नेपाली हुन्। उनीहरू दुई ट्रेकिङ कम्पनीमार्फत हिमलुङ पुगेका थिए।

घटनापछि उद्धारका लागि हेलिकप्टर परिचालन गरिएको छ। हिमपहिरो गएको क्षेत्रमा एक खेप उद्धार टोली पठाइए पनि सम्पर्कविहीनहरूको अवस्थाबारे विस्तृत विवरण अझै प्राप्त हुन सकेको छैन।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit