काठमाडौं । टिभिएस मोटर कम्पनीले नेपालमा १५० सिसी क्षमताको हाइपर स्पोर्ट स्कुटर ‘टिभिएस एनटर्क १५०’ सार्वजनिक गरेको छ । कम्पनीले नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्ससँगको सहकार्यमा नयाँ पुस्ताका राइडरलाई लक्षित गर्दै एनटर्क १५० बजारमा ल्याएको हो ।
काठमाडौंको नक्सालमा आयोजित विशेष कार्यक्रममा नयाँ स्कुटर शनिनबार सार्वजनिक गरिएको हो । एनटर्क १५० मा १४९.७ सिसी क्षमताको ‘एयर(कुल्ड ओथ्रीसीटेक’ इन्जिन जडान गरिएको छ । उक्त इन्जिनले ७ हजार आरपीएममा १३.२ पीएस अधिकतम शक्ति तथा ५ हजार ५०० आरपीएममा १४.२ एनएम टर्क उत्पादन गर्ने कम्पनीले जनाएको छ ।
प्रदर्शनका हिसाबले एनटर्क १५० ले ६.३ सेकेन्डमै शून्यदेखि ६० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ। यसको अधिकतम गति १०४ किलोमिटर प्रतिघण्टा रहेको छ। स्टिल्थ एयरक्राफ्टबाट प्रेरित डिजाइनमा तयार गरिएको स्कुटरमा एरोहेड शैलीको अगाडिको भाग, फरवार्ड(बायस्ड स्ट्यान्स, मल्टिपोइन्ट प्रोजेक्टर हेडलाइट र ‘टी’ आकारको टेललाइट दिइएको छ। यस्तै, एरोडाइनामिक विङलेट्स, जेटबाट प्रेरित भेन्ट्स, स्टबी मफ्लर तथा मोटरसाइकल शैलीको नेकेड ह्यान्डलबारले यसको स्पोर्टी स्वरूपलाई थप आकर्षक बनाएको कम्पनीको दाबी छ।
प्रविधितर्फ एनटर्क १५० मा टिभिएसको ‘स्मार्ट कनेक्ट’ प्रणाली प्रयोग गरिएको छ । यसमार्फत ५० भन्दा बढी कनेक्टेड फिचर उपलब्ध छन् । टर्न-बाई-टर्न नेभिगेसन, पार्क गरिएको स्थान पत्ता लगाउने सुविधा, कल तथा मेसेज अलर्ट र विभिन्न राइडिङ मोडलगायतका सुविधा स्कुटरमा समावेश गरिएको छ । सुरक्षाका लागि स्कुटरमा सिंगल च्यानल एबीएससँगै ट्रयाक्सन कन्ट्रोल पनि उपलब्ध गराइएको छ । कम्पनीका अनुसार यो सुविधा आफ्नो सेग्मेन्टमा पहिलोपटक समावेश गरिएको हो । हाजार्ड ल्याम्प र फलो(मी हेडलाम्प पनि यसका थप सुरक्षा विशेषता हुन् ।
राइडिङ सहज बनाउन टेलिस्कोपिक सस्पेन्सन, समायोजन गर्न मिल्ने ब्रेक लिभर, टिभिएसको पेटेन्टेड ई(जेड सेन्टर स्ट्यान्ड तथा २२ लिटर क्षमताको अन्डर–सिट स्टोरेज दिइएको छ । जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले सन् २०१८ मा नेपालमा टिभिएस एनटर्क सार्वजनिक भएयता यो ब्रान्ड नयाँ पुस्ताको कनेक्टेड स्कुटरको पहिचान बनाउन सफल भएको बताए। एनटर्क १५० को आगमनसँगै नेपालमा टिभिएससँगको सहकार्यलाई थप मजबुत बनाउँदै ग्राहकलाई उत्कृष्ट स्वामित्व अनुभव प्रदान गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।
टिभिएस एनटर्क १५० नेपालभर रहेका जगदम्बा मोटर्सका आधिकारिक डिलरमार्फत उपलब्ध भएको कम्पनीले जनाएको छ। स्टिल्थ सिल्भर, रेसिङ रेड र टर्बो ब्लु गरी तीन रङमा उपलब्ध स्कुटरको प्रारम्भिक मूल्य ३ लाख ६९ हजार ९ सय रुपैयाँ तोकिएको छ।














प्रतिक्रिया दिनुहोस्