Advertisement
Advertisement
Corporate Samachar
९ कार्तिक २०८३, आईतवार
Advertisement
Advertisement

वर्षासँगै मनकामना केबलकारको पहुँचमार्गमा पहिरो, सेवा भने नियमित

वर्षासँगै मनकामना केबलकारको पहुँचमार्गमा पहिरो, सेवा भने नियमित
विज्ञापन
Advertisement

काठमाडौं। निरन्तरको वर्षासँगै पहिरो खसेपछि मनकामना केबलकार पुग्ने पहुँचमार्ग प्रभावित भएको छ। पहुँचमार्गको दोस्रो घुम्तीमुनि पहिरो खसेपछि सवारीसाधनलाई साविकको पार्किङस्थलसम्म पुग्न समस्या भएको हो।

विज्ञापन
Advertisement
Advertisement

मनकामना केबलकारका अनुसार अहिले यात्रुले वैकल्पिक स्थानमा सवारी पार्किङ गरी केही दूरी पैदल हिँडेर केबलकारसम्म पुग्नुपर्ने अवस्था छ। पूर्वतर्फबाट आउने यात्रुका लागि राजमार्गको देब्रेतर्फ मुग्लिनतर्फ करिब ७० मिटर अगाडि वैकल्पिक पार्किङको व्यवस्था गरिएको छ।वर्षाका कारण सडकमा थप क्षति हुन सक्ने जोखिम रहेकाले मौसम अनुकूल भएपछि पहुँचमार्गको मर्मतसम्भारलाई तीव्रता दिने केबलकार व्यवस्थापनले जनाएको छ। अविरल वर्षाका कारण पृथ्वी राजमार्गलगायतका विभिन्न प्रमुख सडकखण्डमा पहिरो र सडक भासिने समस्या देखिएको छ।

यसैबीच, पहुँचमार्गमा समस्या आए पनि मनकामना केबलकार सेवा भने सुरक्षित र नियमित रूपमा सञ्चालनमा रहेको कम्पनीले जनाएको छ। राजमार्ग खुलेपछि वा यात्रु आउने क्रम सुरु भएसँगै केबलकार सेवा निरन्तर सञ्चालनमा रहने व्यवस्थापनले स्पष्ट पारेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit