Advertisement
Advertisement
Corporate Samachar
६ कार्तिक २०८३, बिहीबार
Advertisement
Advertisement

ग्राहकको आवश्यकता र मागलाई ध्यानमा राख्दै थप नयाँ ब्राण्ड थप्ने योजनामा छौं : उद्धव बर्तौला (अन्तर्वार्ता)

ग्राहकको आवश्यकता र मागलाई ध्यानमा राख्दै थप नयाँ ब्राण्ड थप्ने योजनामा छौं : उद्धव बर्तौला (अन्तर्वार्ता)
विज्ञापन
Advertisement

काठमाडाैं । नेपालमा परफ्युम तथा सुगन्धसम्बन्धी बजार विस्तार हुँदै जाँदा उपभोक्ताको रोजाइ, ब्रान्डप्रतिको सचेतना र अन्तर्राष्ट्रिय उत्पादनको माग पनि बढ्दै गएको छ। कुनै समय विलासिताको वस्तुका रूपमा हेरिने परफ्युम अहिले व्यक्तिगत प्रस्तुति, आत्मविश्वास र जीवनशैलीसँग जोडिएको उत्पादनका रूपमा स्थापित हुँदै गएको छ ।

विज्ञापन
Advertisement
Advertisement

नेपालमा विभिन्न अन्तर्राष्ट्रिय परफ्युम ब्रान्डको आयात तथा बिक्री–वितरण गर्दै आएको इना सेन्टरले आफ्नो व्यवसायलाई विस्तार गर्दै विभिन्न स्थानमा आउटलेट सञ्चालन गरिरहेको छ। कम्पनीले आधिकारिक वितरण प्रणाली, ब्रान्ड प्रवद्र्धन र ग्राहक सचेतनालाई आफ्नो व्यवसायको प्रमुख आधारका रूपमा अघि सारेको छ।

इना सेन्टरका प्रबन्ध निर्देशक उद्धव बर्तौला लामो समयदेखि परफ्युम व्यवसायमा संलग्न छन्। कलेज जीवनपछि व्यवसायमा जोडिएका बर्तौलाले एक आउटलेटबाट सुरु भएको यात्रालाई हाल छ वटा आउटलेटसम्म विस्तार गर्न सफल भएको बताएका छन्। उनका अनुसार परफ्युम व्यवसायमा बजार विस्तारसँगै ग्राहकलाई उत्पादनबारे बुझाउने, मौलिक उत्पादनको पहिचान गराउने र गुणस्तरीय सेवा दिने विषय पनि उत्तिकै महत्वपूर्ण छन्।

परफ्युम व्यवसायको सुरुवात, नेपाली बजारको परिवर्तन, अन्तर्राष्ट्रिय ब्रान्डको वितरण, बजारमा देखिएका चुनौती, डिजिटल मार्केटिङ र आगामी विस्तारका योजनाबारे उनीसँग गरिएको कुराकानीको सार :

तपाईंको व्यवसायिक यात्रा कसरी सुरु भयो ? इना सेन्टरमा कसरी जोडिनुभयो ?

हरेक व्यक्तिको व्यवसायप्रतिको आफ्नै रुचि र चासो हुन्छ। मेरो पनि कलेज जीवन सकाउँदै गर्दा व्यवसायमा रुचि थियो। करिब २०६०÷०६१ सालतिर म यो व्यवसायमा आबद्ध भएको हुँ। सुरुमा एसोसिएट सदस्यका रूपमा काम गरें त्यसपछि क्रमशः व्यवसायका विभिन्न पक्ष बुझ्दै गएँ।
पछि सन् २०१२ तिर मैले कम्पनीको व्यवस्थापन सम्हाल्दै म्यानेजिङ डाइरेक्टरका रूपमा व्यवसाय सञ्चालन गर्न थाले। मैले जिम्मेवारी लिँदा हाम्रो व्यवसाय एउटा स्टोरबाट सुरु भएको थियो। अहिले आएर हामीले ६ वटा आउटलेट सञ्चालन गर्न सफल भएका छौं । यो यात्रा निरन्तरको मेहनत, बजार बुझाइ र ग्राहकको विश्वासका कारण सम्भव भएको हो।

तपाईंले व्यवसाय सुरु गर्दाको अवस्था र अहिलेको बजारमा कस्तो फरक पाउन हुन्छ?
हामीले व्यवसाय सुरु गर्दा नेपालमा परफ्युमको बजार आजको जस्तो विकसित भइसकेको थिएन। नेपालीहरूले परफ्युम प्रयोग गर्छन् र यसलाई व्यवसायका रूपमा विस्तार गर्न सकिन्छ भन्ने धारणा पनि त्यति व्यापक थिएन।

सुरुमा हाम्रो मुख्य उद्देश्य पर्यटकलाई लक्षित गर्नु थियो। त्यतिबेला भारतीय पर्यटकहरू नेपालमा बिदा मनाउन आउँथे। चिनियाँ पर्यटकहरू पनि किनमेलका लागि नेपाल आउने गर्थे। विशेषगरी लक्जरी उत्पादनहरू, जस्तै महँगा घडी, क्यामेरा र परफ्युम, उनीहरूको रुचिमा पर्थे।

त्यही बजारलाई लक्षित गरेर हामीले व्यवसाय सुरु गरेका थियौं। तर, केही समयपछि नेपाली बजारमा पनि परफ्युमको माग विस्तार हुन थाल्यो। त्यसपछि हामीले एउटा महत्वपूर्ण कुरा बुझ्यौं । व्यवसायलाई पर्यटकमा मात्र निर्भर बनाउनु हुँदैन। आफ्नै देशका उपभोक्ता तयार गर्न सकियो भने वर्षभरि व्यवसायलाई दिगो रूपमा सञ्चालन गर्न सकिन्छ।

त्यसपछि हामीले नेपाली उपभोक्तामाझ परफ्युमसम्बन्धी सचेतना फैलाउने, अभियान सञ्चालन गर्ने र उत्पादनको प्रयोग तथा महत्वबारे जानकारी दिने कामलाई प्राथमिकता दियौं । लामो समयको मेहनत र निरन्तर प्रयासपछि आजको अवस्थासम्म आइपुगेका छौं ।

परफ्युमको बजारमा पहिले र अहिले के फरक पाउनुभएको छ ?
करिब २०–२४ वर्षअघि परफ्युमलाई धेरैले विलासिताको वस्तुका रूपमा हेर्थे। परफ्युम लगाउने मानिसहरू सोखिन वा उच्च जीवनशैली अपनाउने व्यक्ति हुन् भन्ने धारणा थियो। त्यतिबेला बजार पनि सानो थियो।

तर, आजको अवस्था धेरै फरक छ। परफ्युम मानिसको व्यक्तिगत प्रस्तुति र जीवनशैलीसँग जोडिएको छ। कपडा र जुत्ताजस्तै परफ्युम पनि दैनिक जीवनमा प्रयोग हुने उत्पादनका रूपमा विस्तार भइरहेको छ।

परफ्युमले व्यक्तिको प्रस्तुति, मुड र आत्मविश्वासमा प्रभाव पार्न सक्छ। त्यसैले यसलाई केवल विलासिताको वस्तुका रूपमा सीमित गरेर हेर्नुहुँदैन। बजारको विस्तारसँगै यसको प्रयोगप्रतिको सोचमा पनि परिवर्तन आएको छ।

शहरी क्षेत्रबाहेक अन्य क्षेत्रमा परफ्युमको बजार विस्तार गर्न कस्तो रणनीति अपनाउनुभएको छ ?

ग्रामीण तथा काठमाडौं बाहिरका क्षेत्रमा बजार विस्तार गर्न मुख्य चुनौती उत्पादनको उपलब्धता हो। कुनै ठाउँमा पसल वा व्यवसाय नै पुगेको छैन भने त्यहाँ उपभोक्ता तयार गर्न कठिन हुन्छ। यही कुरालाई ध्यानमा राखेर करिब दुई–अढाई वर्षअघि हामीले काठमाडौंमा मात्र सीमित नभई बाहिरी बजारमा जाने योजना बनायौँ। परफ्युम प्रयोगको महत्व, व्यक्तिगत प्रस्तुति र आत्मविश्वाससँग यसको सम्बन्धबारे उपभोक्तालाई जानकारी दिन आवश्यक थियो।

हाम्रो रणनीति पश्चिमबाट सुरु गर्दै पूर्वतर्फ विस्तार गर्ने थियो। त्यसअनुसार पोखराबाट काठमाडौं बाहिरको विस्तार सुरु ग¥यौं । त्यसपछि अहिले हालै विराटनगरमा छैटौं शाखा सञ्चालनमा ल्याएका छौं । अब धरान र चितवनलगायतका स्थानमा पनि विस्तार गर्ने योजना छ। बजारको सम्भावना, सही स्थान र सञ्चालनको तयारीलाई ध्यानमा राखेर आगामी चरणमा अघि बढ्नेछौं ।

इना सेन्टरमार्फत बिक्री हुने परफ्युम कहाँ उत्पादन हुन्छन् ? ब्रान्डिङ र गुणस्तरको व्यवस्थापन कसरी गर्नुहुन्छ ?
हामी आफैं परफ्युम उत्पादन गर्ने कम्पनी होइनौं। हामी अन्तर्राष्ट्रिय ब्रान्डले उत्पादन गरेका सामानलाई नेपालमा आयात गरी उपभोक्तासम्म पु¥याउने वितरक हौं यस अर्थमा हामी उत्पादक र उपभोक्ताबीचको एउटा माध्यमका रूपमा काम गछौं।

हामीले बिक्री गर्ने विभिन्न उत्पादन युरोप तथा मध्यपूर्व, विशेषगरी दुबई, शारजाह र संयुक्त अरब इमिरेट्समा उत्पादन भएका ब्रान्डहरूबाट आउने गर्छन्। ती ब्रान्डका उत्पादनको गुणस्तर, प्रमाणीकरण र अन्तर्राष्ट्रिय मान्यतालाई ध्यानमा राखेर बजारमा ल्याउने काम गछौं।

हाम्रो भूमिका उत्पादनको वितरणसँगै ब्रान्डको स्थानीय बजारमा प्रवद्र्धन गर्नु पनि हो। विज्ञापन, प्रचारप्रसार र उपभोक्ता सचेतनाका माध्यमबाट ब्रान्डबारे जानकारी दिने काम गछौं ।

इना सेन्टरमा कस्तो मूल्य दायराका परफ्युम उपलब्ध छन् ?

हामीसँग करिब २ हजार २५ सय रुपैयाँबाट सुरु हुने परफ्युमदेखि ७०–८० हजार रुपैयाँ र लाख रुपैयाँसम्मका उत्पादन उपलब्ध छन्। विभिन्न उपभोक्ताको बजेट, रुचि र ब्रान्डप्रतिको प्राथमिकताअनुसार उत्पादनको मूल्य फरक हुन्छ। लक्जरी उत्पादन प्रयोग गर्ने ग्राहकहरू पनि हुनुहुन्छ। सबैको आफ्नो आर्थिक क्षमता र रुचिअनुसार उत्पादन छनोट हुन्छ। त्यसमा ब्रान्डको जानकारी, उत्पादनसम्बन्धी ज्ञान र ग्राहकको बजेटले भूमिका खेल्छ। हामी बजारमा सम्भावना भएका ब्रान्डहरू पहिचान गरेर ल्याउने र तिनको प्रचारप्रसार तथा ब्रान्डिङमा काम गर्ने गछौं। हालसम्मको बजार प्रतिक्रिया सकारात्मक रहेको छ।

परफ्युम बजारमा धेरै कम्पनी र ब्रान्ड छन्। इना सेन्टरलाई अरूभन्दा फरक बनाउने पक्ष के हो ?
हाम्रो मुख्य विशेषता भनेको हामीले वितरण गर्ने ब्रान्डका आधिकारिक वितरकका रूपमा काम गर्नु हो। हामी सम्बन्धित ब्रान्डसँगको आधिकारिक च्यानलमार्फत उत्पादन आयात गछौं र आफ्नै वितरण तथा खुद्रा बिक्री प्रणालीबाट बजारमा पु¥याउँछौं ।

हामीले आफ्नो उत्पादनको मौलिकता र आधिकारिक आयातलाई प्राथमिकता दिएका छौं । आफ्नै लेटर अफ क्रेडिट (एलसी) खोलेर सामान आयात गर्ने गछौं । अनौपचारिक आयात प्रणाली वा ग्रे मार्केटलाई हामीले आफ्नो व्यवसायको आधार बनाएका छैनौं।

बजारमा अनौपचारिक च्यानलबाट विभिन्न उत्पादन आउने गर्छन्। अन्डरइन्भ्वाइसिङ वा ह्यान्ड क्यारीजस्ता माध्यमबाट सामान आउने अवस्थाले कहिलेकाही बजारमा प्रतिस्पर्धा प्रभावित गर्न सक्छ। तर, हामी आफ्नो आधिकारिक प्रणाली र गुणस्तरीय उत्पादनमा केन्द्रित छौं। हामी ग्राहकलाई उत्पादन खरिद गर्दा भ्याट बिल लिन पनि आग्रह गछौं यसले खरिदको प्रमाण र व्यवसायिक पारदर्शितामा सहयोग गर्छ।

परफ्युमको गुणस्तर र लामो समयसम्म सुगन्ध टिक्ने विषयमा के कुराले प्रभाव पार्छ ?
परफ्युमको टिकाउपन मुख्य रूपमा उत्पादनको गुणस्तर र त्यसमा प्रयोग गरिएको सुगन्धित तेल तथा अन्य सामग्रीको एकाग्रतामा निर्भर हुन्छ। उत्पादकले कुन स्तरको कन्सन्ट्रेसन र सामग्री प्रयोग गरेको छ भन्ने कुराले यसको प्रदर्शनमा फरक पार्न सक्छ।

तर, परफ्युम कति समय टिक्छ भन्ने कुरा उत्पादनमा मात्र निर्भर हुँदैन। त्यसलाई कसरी प्रयोग गरिन्छ भन्ने विषय पनि महत्वपूर्ण हुन्छ। व्यक्तिगत सरसफाइ, वातावरण, धुलो तथा प्रदूषण र प्रयोग गर्ने तरिकाले पनि सुगन्धको अनुभव तथा टिकाउपनमा प्रभाव पार्न सक्छ।

परफ्युम जुन उद्देश्यका लागि तयार गरिएको हो, त्यसअनुसार सही तरिकाले प्रयोग गर्नुपर्छ। विभिन्न उत्पादनमा सुगन्धको तीव्रता र टिकाउपन फरक हुन्छ। केही परफ्युममा सुगन्धित तेलको एकाग्रता बढी हुन्छ भने केही हल्का प्रकृतिका हुन्छन्।

त्यसैले ग्राहकले आफ्नो आवश्यकता र रुचिअनुसार उत्पादन छनोट गर्नुपर्छ। परफ्युमको गुणस्तरबारे जानकारी लिनु र सही प्रयोग विधि बुझ्नु पनि आवश्यक छ।

पछिल्लो समय मार्केटिङको स्वरूप परिवर्तन भएको छ। इना सेन्टरले आफ्नो बजार प्रवद्र्धनलाई कसरी अघि बढाइरहेको छ ?
हाम्रो सामाजिक सञ्जालमा उपस्थिति बलियो छ। इना सेन्टरको आफ्नै डिजिटल प्लेटफर्ममार्फत उत्पादन र ब्रान्डसम्बन्धी जानकारी नियमित रूपमा साझा गछौं । नयाँ उत्पादन बजारमा आउँदा त्यसको लन्च, सचेतना अभियान र प्रेस रिलिज सञ्चालन गछौं। त्यससँगै इन्फ्लुएन्सर मार्केटिङलाई पनि प्राथमिकता दिएका छौं ।

हाम्रो उद्देश्य सम्भावित ग्राहकसम्म नयाँ उत्पादनको जानकारी पु¥याउनु हो। परफ्युममा रुचि राख्ने उपभोक्ताले नयाँ ब्रान्ड र उत्पादनबारे बुझ्न सकून् भन्ने हेतुले सामाजिक सञ्जाल, प्रचारप्रसार र अन्य माध्यम प्रयोग गछौं। मार्केटिङमा हामी सम्झौता गर्दैनौं। ब्रान्डको पहिचान र ग्राहकसँगको सम्बन्ध विस्तार गर्न नियमित रूपमा विभिन्न अभियान सञ्चालन गर्दै आएका छौं ।

इना सेन्टरको व्यवसायिक पहिचान र मुख्य उद्देश्य के हो ?
इना सेन्टर नेपालमा परफ्युम तथा सुगन्धसम्बन्धी व्यवसायमा लामो इतिहास बोकेको कम्पनी हो। नेपाली बजारमा हाम्रो उपस्थिति करिब २५ वर्षको हुँदै गएको छ। हामी आधिकारिक ब्रान्डका उत्पादन बिक्री गर्ने र ग्राहकलाई सही उत्पादन सही मूल्यमा उपलब्ध गराउने उद्देश्यका साथ अघि बढिरहेका छौं । राज्यलाई करमार्फत योगदान पु¥याउने र नेपालमै रोजगारीका अवसर सिर्जना गर्ने विषयलाई पनि आफ्नो सामाजिक जिम्मेवारीका रूपमा लिएका छौं। हामीले विभिन्न स्थानमा शाखा विस्तार गर्दा स्थानीय ग्राहकले गुणस्तरीय उत्पादन पाउन सकून् भन्ने उद्देश्य राखेका छौं। त्यससँगै स्थानीय स्तरमा रोजगारीका अवसर सिर्जना गर्न पनि सहयोग पुग्ने अपेक्षा छ।

स्टोरको वातावरण, सजावट, सेवा र कर्मचारीका लागि उपयुक्त कार्य वातावरण निर्माणमा पनि ध्यान दिन्छौं।

युवाहरूलाई नेपालमै रोजगारीको अवसर उपलब्ध गराउन सकियोस् भन्ने हाम्रो प्रयास हो।
आगामी दिनमा नयाँ ब्रान्ड वा उत्पादन बजारमा ल्याउने योजना के छ ?

हामीले हालै दुबईको प्रतिष्ठित ब्रान्ड ‘स्पिड अफ दुबई’ बजारमा लन्च गरेका छौं। त्यसबाहेक पनि एक–दुईवटा नयाँ उत्पादन बजारमा ल्याउने तयारीमा थियौं। तर, हालैको बाढी तथा विपद्का कारण त्यसको प्रचारप्रसार र क्याम्पेनिङलाई केही समयका लागि स्थगित गरेका छौं । विपद्को समयमा ठूलो प्रमोसन अभियान सञ्चालन गर्नु उपयुक्त नहुने भएकाले त्यसलाई पछि सारिएको हो।

दशैंपछि सामाजिक सञ्जालमा सक्रियता, प्रचारप्रसार तथा प्रवद्र्धन अभियानलाई पुनः अघि बढाउने योजना छ। नयाँ दुई–तीनवटा ब्रान्ड पनि पाइपलाइनमा छन्। आशा छ, ती ब्रान्डहरू चाँडै नेपालमा उपलब्ध हुनेछन्। नयाँ ब्रान्डको जानकारी उपभोक्तासम्म पु¥याउन सामाजिक सञ्जाल, इन्फ्लुएन्सर मार्केटिङ र प्रेस रिलिजलगायतका माध्यम प्रयोग गर्नेछौं ।

हाल इना सेन्टरका कति वटा आउटलेट सञ्चालनमा छन् ? आगामी विस्तारको योजना कस्तो छ ?

हाल हामीसँग ६वटा आउटलेट सञ्चालनमा छन्। काठमाडौंको न्युरोडमा रहेको शाखा हाम्रो सबैभन्दा पुरानो आउटलेट हो, जुन करिब २५ वर्षअघि सञ्चालनमा आएको थियो। त्यसपछि सुन्धारास्थित सिभिल मलमा शाखा सञ्चालनमा ल्यायौँ। दरबारमार्ग र बबरमहल रिभिजिटेडमा पनि हाम्रो फ्रेगरेन्स बुटिक रहेको छ। पाँचौं स्टोर पोखराको न्युरोडमा सञ्चालनमा छ भने छैटौं शाखा हालै विराटनगरमा खोलिएको हो।

अब थप दुई–तीनवटा शाखा विस्तार गर्ने योजना छ। अबको केही समयमै पाटनमा एउटा शाखा खुल्ने तयारीमा छ। त्यसबाहेक उपयुक्त स्थानको खोजी भइरहेको छ। काठमाडौं बाहिरका अन्य सहरमा पनि विस्तार गर्ने योजना बनाएका छौं । हामीले बजारको सम्भावना, ग्राहकको आवश्यकता र सही स्थानलाई ध्यानमा राखेर शाखा विस्तार गर्नेछौं ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit