Advertisement
Advertisement
Corporate Samachar
१५ कार्तिक २०८३, शनिबार
Advertisement
Advertisement

मुस्ताङमा एक अर्ब १४ करोड बढीको स्याउ उत्पादन

मुस्ताङमा एक अर्ब १४ करोड बढीको स्याउ उत्पादन
विज्ञापन
Advertisement

मुस्ताङ। हिमाली जिल्ला मुस्ताङमा यस वर्ष रु एक अर्ब १४ करोड ९६ लाख बराबरको स्याउ उत्पादन भएको प्रारम्भिक अनुमान गरिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

कृषि तथा पशु विकास कार्यालयका अनुसार जिल्लाको पाँच स्थानीय तहको कुल ६६२ हेक्टर क्षेत्रफलमा उक्त मूल्य बराबरको स्याउ उत्पादन भएको प्रारम्भिक विवरण सङ्कलन गरिएको छ ।

कृषि तथा पशु विकास प्रमुख डा लालमणि अर्यालका अनुसार यस वर्ष उच्च घनत्व प्रविधिमा आधारित ९हाइब्रिड० स्याउ रु २३ करोड छ लाख र परम्परागत स्थानीय स्याउ रु ९१ करोड ९० लाख ९१ हजार बराबरको उत्पादन भएको छ ।

यस वर्ष मुस्ताङमा हाइब्रिड र स्थानीय जातका स्याउ गरी सात हजार ३८ दशमलव ५४ मेट्रिक टन स्याउ उत्पादन भएको छ ।

प्रमुख डा.अर्यालका अनुसार हाइब्रिड स्याउ ९५९ दशमलव ६२ मेट्रिक टन र स्थानीय परम्परागत स्याउ छ हजार ७८ दशमलव ९२ मेट्रिक टन स्याउ उत्पादन भएको छ ।

स्याउ बगैँचामा पुगेर कृषि प्राविधिकहरुले क्रप कटिङ विधि अनुसार स्याउको औसत उत्पादन मापन गरिएको कार्यालय प्रमुख डा अर्यालको भनाइ छ ।

यसका अलावा स्याउको उत्पादन परिमाण अनुमान गर्न सम्बन्धित स्थानीय तहका कृषि प्राविधिक तथा स्याउ किसानसँग समन्वय गरिएको उनले जानकारी दिए ।

९४ करोड ८० लाख ९२ हजार बराबरको स्याउ जिल्लाबाहिर निकासी हुने जनाइएको छ । यस्तै, रु १७ करोड ५६ लाख बढीको स्याउ जिल्ला भित्रै खपत भएको छ ।

जिल्लामा हाइब्रिड स्याउ प्रतिकेजी रु २४० र स्थानीय परम्परागत स्याउ प्रतिकेजी रु १५१ बराबर मूल्य निर्धारण गरिएको छ ।

मुस्ताङमा गत वर्ष छ हजार ६८४ दशमलव ३० मेट्रिक टन स्याउ उत्पादन भएको थियो । प्रमुख अर्यालका अनुसार गत वर्षको तुलनामा यस वर्ष ३५४ दशमलव २४ मेट्रिक टन अर्थात् (पाँच दशमलव २९) प्रतिशत बढी स्याउ फलेको हो ।

जिल्लामा ९१७ हेक्टर क्षेत्रफलमा स्याउ बगैँचा विस्तार भएको छ । जसमध्ये हाइब्रिड स्याउको क्षेत्र ७६ हेक्टर र स्थानीय परम्परागत स्याउको क्षेत्र ८४१ हेक्टर रहेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit