काठमाडौं। लगातार बढेको सुनको मूल्यमा साताको अन्तिम कारोबार दिन आज ब्रेक लागेको छ। नेपाली बजारमा बिहीबार बढेर कारोबार भएको सुनको मूल्यमा शुक्रबार गिरावट आएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला दुई लाख ८० हजार ३०० रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन (बिहीबार) तोलामा ३०० रुपैयाँले बढेर सुन २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। यो सँगै बिहीबारको तुलनामा शुक्रबार सुन प्रतितोला तीन हजार दुई सय रुपैयाँले घटेको हो । त्यसअघि, बुधबार सुन प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो। उक्त दिन सुनको भाउ प्रतितोला ९०० रुपैयाँले बढेको थियो। मंगलबार पनि सोमबारको तुलनामा सुन प्रतितोला ८०० रुपैयाँले बढेर २ लाख ८२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । महासंघका अनुसार शुक्रबार चाँदी प्रतितोला तीन हजार ८२५ रूपैयाँमा किनबेच भइरहेको छ। अघिल्लो कारोबार दिन (बिहीबार) प्रतितोला तीन हजार ९३० रूपैयाँमा कारोबार भएको चाँदी आज १०५ रूपैयाँ घटेको हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार एक अमेरिकी डलरमा कारोबार भइरहेको छ।














प्रतिक्रिया दिनुहोस्