Advertisement
Advertisement
Corporate Samachar
१५ कार्तिक २०८३, शनिबार
Advertisement
Advertisement

प्रहरीद्धारा काठमाडौंका विभिन्न सञ्चारमाध्यमका कार्यालयमा धरपकड, कोको समातिए अहिलेसम्म?

प्रहरीद्धारा काठमाडौंका विभिन्न सञ्चारमाध्यमका कार्यालयमा धरपकड, कोको समातिए अहिलेसम्म?
फोटो : यम बम
विज्ञापन
Advertisement

 काठमाडाैं । प्रहरीले शुक्रबार काठमाडौंका विभिन्न सञ्चारमाध्यमका कार्यालय पुगेर पत्रकारहरूको धरपकड गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

तीन जना पत्रकारलाई पक्राउ गरेको प्रहरीले कम्तिमा तीन जना अरू पत्रकारको खोजी गरिरहेको छ। पक्राउ पर्नेमा नेपाल प्रेस डटकमका पत्रकार विश्वमणि सुवेदी, डिएनए खबरका प्रधान–सम्पादक धिरज बस्नेत र मोटिभेट न्युजका प्रधान–सम्पादक शोभराज बराल छन्।

त्यस्तै, प्रहरीले दियोपोस्ट डटकमका प्रधान–सम्पादक सुदीप विश्वकर्मा र सम्पादक रिता बुढाथोकी तथा नयाँ पत्रिकाका पत्रकार नवराज मैनालीको खोजी गरिरहेको छ।

प्रहरीले केही सञ्चारमाध्यमको कार्यालयभित्रै प्रवेश गरेर पत्रकारलाई नियन्त्रणमा लिएको छ भने अन्य कार्यालयमा पुगेर पत्रकारहरूको खोजी गरेको छ।

शुक्रबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नेपाल प्रेस डटकमको बानेश्वरस्थित कार्यालयबाट पत्रकार सुवेदीलाई पक्राउ गरेको हो। कार्यालयमा काम गरिरहेका बेला सादा पोसाकमा आएका प्रहरीले उनलाई पक्राउ गरेर लगेका थिए। त्यसपछि उनलाई साइबर ब्युरोमा बुझाइएको छ।

प्रहरीले साइबर ब्युरोको पत्रका आधारमा सुवेदीलाई पक्राउ गरेको जनाएको छ। तर उनीमाथि लगाइएको आरोप र पक्राउको कानुनी आधारबारे विस्तृत जानकारी सार्वजनिक भएको छैन।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit