काठमाडाैं । प्रधानमन्त्री वालेन्द्र शाह बालेनले शुक्रबार सञ्चारगृहबाट पक्राउ परेका पत्रकारहरूलाई तत्काल रिहा गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्रीका प्रेसविज्ञ दीपा दाहालका अनुसार पत्रकार पक्राउ परेको घटना थाहा पाएलगत्तै प्रधानमन्त्रीले उनीहरूलाई तत्काल रिहा गर्न तथा थप धरपकड नगर्न निर्देश दिएका हुन् ।
ुघटनाबारे थाहा पाउनासाथ प्रधानमन्त्रीज्यूले नियन्त्रणमा लिइएका पत्रकारहरूलाई तत्काल रिहा गर्न तथा समाचारकक्षमा प्रवेश गरी कुनै पनि प्रकारको धरपकड नगर्न सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिइसक्नुभएको छु, दाहालले भनिन् ।
उनले पत्रकार पक्राउ परेको घटनाप्रति प्रधानमन्त्री तथा उनको सचिवालय तथा प्रधानमन्त्रीको कार्यालयको कुनै पनि संलग्नता नरहेको र यसबारे पूर्वजानकारी समेत प्राप्त नभएको स्पष्ट पारिन् ।















प्रतिक्रिया दिनुहोस्