Advertisement
Advertisement
Corporate Samachar
१५ कार्तिक २०८३, शनिबार
Advertisement
Advertisement

एनपिएलः सुदूरपश्चिम रोयल्सको जित

एनपिएलः सुदूरपश्चिम रोयल्सको जित
बलिङ गर्दै सुदूरपश्चिम रोयल्सका खेलाडी काठमाडौँ,११ कात्तिकः नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज पोखरा एभेन्जर्स विरुद्ध बलिङ गर्दै सुदूरपश्चिम रोयल्सका खेलाडी । तस्बिरः किरणराज विष्ट÷रासस
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज भएको खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ । यसअघि सुदूरपश्चिम लुम्बिनी लायन्ससँग पराजित भएको थियो ।

विज्ञापन
Advertisement
Advertisement

पोखराले जितको लागि दिएको १४६ रनको लक्ष्य पछाएको सुदूरपश्चिमले १६.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ५१ रन बनाए । उनले ३६ बलमा ४ चौका र २ छक्का प्रहार गरे । त्यस्तै, इशान पाण्डेले ३१ बलमा २ चौका र २ छक्कासहित ३७ रनको योगदान दिए ।

ब्रान्डन म्याकमुलेनले १२ बलमा २२ रन बनाए भने सैफ जैबले १५ तथा सर्फेन रदरफोर्ड ८ रनमाब अविजित रहे । पोखराका लागि धनञ्जय लक्षण, महेदी हसन र शाकिब अल हसनले समान एक एक विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा ट्स हारेर पहिला ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १४५ रनको योगफल बनाएको थियो ।

पोखराका लागि अर्जुन घर्तीले उत्कृष्ट ब्याटिङ गर्दै २५ बलमा अविजित ४० रन बनाए । उनले चार चौका र एक छक्का प्रहार गरे ।

त्यस्तै महेदी हसनले २१ बलमा ३२ रन बनाउँदा कप्तान कुशल भुर्तेलले १७ बलमा २१ रनको योगदान दिए । शाकिब अल हसनले १६ बलमा १४ रन तथा धनञ्जय लक्षणले १६ बलमा ११ रन बनाए । सदीरा समरविक्रमा आठ रनमा आउट भए ।

सुदूरपश्चिम रोयल्सका बलर अनिल खरेलले उत्कृष्ट प्रदर्शन गर्दै तीन विकेट लिए । उनले तीन ओभरमा २३ रन खर्चिए । त्यस्तै स्कट कुगेलाइन, दीपेन्द्रसिंह ऐरी र हेमन्त धामीले समान एक एक विकेट हात पारे ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit