Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

रवि लामिछानेसहित सात प्रतिवादीको थुनछेक बहस आज जारी

रवि लामिछानेसहित सात प्रतिवादीको थुनछेक बहस आज जारी
विज्ञापन
Advertisement

काठमाडाैँ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित सात प्रतिवादीको थुनछेक बहस जारी छ।कास्की जिल्ला अदालतमा शुक्रबारदेखि लामिछानेसहितका प्रतिवादी पक्षका वकिलहरूले बहस गर्दैछन्।

विज्ञापन
Advertisement
Advertisement

बिहीबार जाहेरवाला सहकारी पीडिततर्फका वकिलहरुले बहस गरेका थिए। समय अभावका कारण बिहीबार प्रतिवादी तर्फका वकिलहरूले बहस गर्न पाएनन्। मंगलबार र बुधबार सरकारी वकिलले बहस गरेका थिए।

सरकारी वकिल र जाहेरवाला पक्षका वकिलहरूले लामिछानेसहित सातै जनालाई पुर्पक्षका लागि थुनामा पठाउन माग गरेका थिए। शुक्रबार प्रतिवादीतर्फ छबिलाल जोशी पक्षको अधिवक्ताहरूले बहस गर्नेछन्।

सूर्यदर्शन सहकारी ठगी आरोपमा पीडितले दिएको पूरक जाहेरीका आधारमा अहिले ७ जनाविरूद्ध अदालत थुनछेक बहस चलिरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने, पूर्व डिआइजी जोशी, नेचर हर्ब्स इन्टरनेसनलका संचालक रामप्रसाद खनाल, लिला पछाईं, मिना गुरूङ, कृष्णबहादुर गुरूङ र आरती गुरूङविरूद्ध अदालतमा थुनछेक बहस चलेको हो।

जिल्ला सरकारी वकिलको कार्यालयले उक्त सहकारी ठगी आरोपमा गत वर्ष असोज १८ गते १९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो। उक्त मुद्दा अहिले पनि जिल्ला अदालतमा विचाराधीन छ। उनीहरूविरूद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधको थप अभियोग अदालतमा पेस गरिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit