Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

हङकङ विमानस्थलमा बोइङ ७४७ विमान चिप्लिएर समुद्रमा खस्यो, दुई जनाको मृत्यु

हङकङ विमानस्थलमा बोइङ ७४७ विमान चिप्लिएर समुद्रमा खस्यो, दुई जनाको मृत्यु
विज्ञापन
Advertisement

काठमाडौं । हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा एक कार्गो विमान चिप्लिएर रनवेबाट समुद्रमा खस्दा दुई जनाको मृत्यु भएको छ ।सोमबार बिहान अवतरणको क्रममा तुर्कीस्थित एसीटी एयरलाइन्सद्वारा सञ्चालित बोइङ ७४७ विमान दुबईबाट हङकङ आउँदै थियो ।

विज्ञापन
Advertisement
Advertisement

अवतरणको क्रममा विमानमा दुर्घटना हुँदा विमानमा रहेका चार चालक दल सदस्यहरूलाई सकुशल उद्धार गरी अस्पताल लगिएको छ । तर, विमानस्थलको भुइँ सवारी साधनमा सवार दुई व्यक्तिको ज्यान गएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ ।विमान इमिरेट्स एयरलाइन्सबाट भाडामा लिएको थियो, जसमा चालक दल, मर्मत तथा बीमा सबै इमिरेट्सद्वारा उपलब्ध गराइएको थियो।

विमानमा कुनै सामान थिएन । स्थानीय सञ्चार माध्यमहरूले सार्वजनिक गरेका दृश्यहरूमा विमानको अगाडिको भाग पानीमाथि देखिन्छ, तर पछिल्लो भाग समुद्रमा डुबेको छ । टेल भाग (पुच्छर) टुटेको आशंका गरिएको छ ।दुर्घटना उत्तर रनवेमा भएको हो, जुन अहिले बन्द गरिएको छ । बाँकी दुई रनवेहरूबाट नियमित उडान सञ्चालन भइरहेका छन् ।


हङकङ नागरिक उड्डयन विभागले घटनाबारे आवश्यक अनुसन्धान अघि बढाइएको जनाएको छ । इमिरेट्सले यस दुर्घटनापछि सबै पक्षहरूसँग सहकार्य गरिरहेको बताएको छ । एपी

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit