images
images
images
images

समाजवादी मोर्चालाई सशक्त नबनाए देशलाई दुर्घटनामा पुर्याउछन् : प्रचण्ड

images
images
images

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सरकार र प्रमुख दुई दलका कदम प्रतिगमन उन्मुख भएको बताएका छन् ।
“प्रमुख दल र सरकार अग्रगमनको होइन, प्रतिगमनको यात्रामा छन् । सरकारका विगत ६ महिनाका कदमले त्यो पुष्टि गर्छ,” प्रचण्डले भने ।

मंगलबार काठमाडौँमा आयोजित समाजवादी मोर्चाको कार्यक्रममा प्रचण्डले मोर्चालाई बलियो नबनाए देश दुर्घटनामा जान सक्ने तर्क गरे । “समाजवादी मोर्चालाई सशक्त बनाइएन भने देशलाई दुर्घटनामा पुर्‍याउन सक्छन् ।”

प्रचण्डले संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिल्नु प्राकृतिक नहुने भनेर आफूले नभनेको तर उनीहरूले नै भन्दै आएको उल्लेख गरे । उनले देशमा भइरहेको यथास्थिति र प्रतिगमन रोक्न समाजवादी मोर्चाको भूमिका हुनुपर्नेमा जोड दिए ।

images
images

प्रतिक्रिया दिनुहोस्