images
images
images

अध्यादेशले लगानीकर्ता उत्साहित छन्, सरकारले आईटी उद्योगमा गरेको निर्णय कोशेढुंगा सवित हुनेछ : चेम्बर अध्यक्ष अग्रवाल

images
images
images

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले सरकाराले ल्याएको अध्यादेश देशको अर्थतन्त्रलाई उदार, बजारमुखी र प्रतिस्पर्धी बनाउने दिशामा निर्देशित भएकाले समग्र लगानी कर्तालाई त्यसले उत्साहित बनाएको बताएका छन् । उनले अध्यादेश आएपछि उद्योगी व्यवसायी सँगै नयाँ लगानीकर्तामा नयाँ ऊर्जा थपिएको बताए ।

बिहीबार काठमाडौँको भृुटीमण्डपमा आयोजित ८औं चेम्बर मेलाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले यस्तो बताएका हुन्।
सरकारले ल्याएको अध्यादेश सकारात्मक र दूरगामी भएको उल्लेख गर्दै सरकारलाई धन्यवाद दिएका उनले भने, ‘सरकाराले ल्याएको अध्यादेशले ३० ओटा कानूनहरुमा औद्योगिक लगानी, व्यवसाय सहजिकरण एवं विदेशि विनियम परिचालनमा रहेका समस्याहरुलाई सम्बोधन गर्ने प्रयास गरेको छ । देशको अर्थतन्त्रलाई उदार, बजारमुखी र प्रतिस्पर्धी बनाउने दिशामा अध्यादेश निर्देशित छ भनेर यसले समग्र लगानी कर्तालाई उत्साहित बताएको छ ।’  यस्तै उनले कार्यविधि र नियमावलीको आफूहरुले प्रतिक्षा गरिराखेको बताए ।

images
images

उनले विदेशि विनियम परिचालनमा रहेका समस्याहरुलाई सम्बोधन गर्ने हिसावले अध्यादेशमा विदेशी लगानीकर्तालाई सात दिनभित्र आउन र जान सक्ने प्रावधान समेट्दा त्यसले सकारात्मक सन्देश लगानीकर्तामा प्रवाह भएको बताए । सूचना प्रविधि उद्योगले विदेशमा कार्यालय खोल्न र लगानी गर्न सक्ने विषय अध्यादेशमा समेटिनु आईटी क्षेत्रको लागि कोशेढुंगा सावित हुने अध्यक्ष अग्रवालको भनाइ छ ।

‘अध्यादेशमा भएको व्यवस्था अनुसार रकम फिर्ता लैजान चाहने विदेशी लगानीकर्ताको प्रस्ताव सात दिनमै स्वीकृत हुने सहजताले ति लगानीकर्तामा सकारात्मक सन्देश जाने देखिन्छ । लगानी सम्मेलनका क्रममा विदेशी लगानीकर्ताका लागि हामीले उठाएको सहज आगमन र सहज बर्हिगमनको विषय सम्बोधन हुन गएको छ,‘ उनले थपे, ‘सूचना प्रविधि उद्योगले विदेशमा कार्यालय खोल्न र लगानी गर्न सक्ने विषय अध्यादेशमा उल्लेखित प्रावधान आईटी क्षेत्रको विकासको लागि कोशे ढुंगा सावित हुने चेम्बरको ठहर छ ।’

अध्यक्ष अग्रवालले आठौँ चेम्बर एक्पोमा समेत सफ्टवेयर र आर्टिफिसियल इन्टेलिजेन्स प्रोजेक्टलाई आर्कषणको रुपमा राखिएको उल्लेख गर्दै नेपाललाई आईटी क्षेत्रमा विश्वकै उत्कृष्ट गन्तव्य बनाउन जरुरी भएको बताए । ‘आठौँ चेम्बर एक्पोमा सफ्टवेयर र आर्टिफिसियल इन्टेलिजेन्स प्रोजेक्ट एक आर्कषण केन्द्रको रुपमा राखिएको छ । नेपाललाई अब आईटीका लागि विश्वकै उत्कृष्ट गन्तव्य बनाउन जरुरी देखिएको छ,’ अध्यक्ष अग्रवालले भने ।

अन्तर्राष्ट्रिय स्तरको सफ्टवेयर र एआई प्रोजेक्टसहित आजबाट सुरु गरिएको एक्पो ५ दिन (२१ गते) सम्म सञ्चालन हुने छ । चेम्बर मेलामा स्थानीय उत्पादनहरुको प्रर्वद्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्य रहेको छ । मेलामा नेपाली उत्पादनको बजारीकरणलाई विशेष जोड दिएर व्यवसायीक क्षेत्रहरूलाई एकीकृत गर्ने मुख्य उद्देश्य रहेको चेम्बरले उल्लेख गरेको छ । मेलामा क्षेत्रीय एवं अन्तर्राष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भईरहेका आर्थिक गतिविधी, प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामहरूलाई नजिकबाट नियाल्न सहयोग आयोजकले जनाएको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्