Advertisement
Advertisement
Corporate Samachar
११ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

माघ २२ देखि मकवानपुरका साढे बाइस हजार किशोरीलाई एचपिभी खोप लगाइने

माघ २२ देखि मकवानपुरका साढे बाइस हजार किशोरीलाई एचपिभी खोप लगाइने
विज्ञापन
Advertisement

काठमाडौँ । सरकारको राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत एचपिभी खोप अभियानमा मकवानपुरका २२ हजार सात सय १३ किशोरीलाई एचपिभी खोप लगाइने भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

फेब्रुअरी ४ मा मनाइने विश्व क्यान्सर दिवसका अवसर पारेर पाठेघरको मुखको क्यान्सरविरुद्ध (एचपिभी खोप) लगाउन लागिएको जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिए । जिल्लामा पहिलो पटक अभियानकै रुपमा खोप कार्यक्रम आएकाले विद्यालयमा अध्ययनरत किशोरी विद्यार्थी लक्षित गरी खोप लगाइने भनाई उनको छ ।

“सरकारबाट पहिलो चरणमा अभियानअन्तर्गत कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा र विद्यालयबाट बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई उक्त खोप लगाउने छौँ”, प्रमुख मिजारले थपे, “स्थानीय तहमा रहेका स्वास्थ्य शाखाले उपलब्ध गराएको तथ्याङ्कअनुरुप खोपको मात्रा माग गरेका छौँ, सोही अनुरुप माघ २२ देखि २५ गतेसम्म र केही स्थानीय तहले भने २८ गतेसम्ममा खोप अभियान सञ्चालन गर्नेछन् ।”मकवानपुरमा सबैभन्दा बढी किशोरी हेटौँडा उपमहानगरमा रहेका छन् । विद्यालयमा अध्ययनरत ११ हजार ६८ र विद्यालयबाहिरका एक सय पाँच गरी ११ हजार एक सय ७३ जनालाई खोप लगाइने प्रमुख मिजारले बताए। जिल्लाको इन्द्रसरोवरमा विद्यालयका चार सय ४८ र विद्यालयबाहिरका ३८ गरी चार सय ८६, मकवानपुरगढीमा विद्यालयका एक हजार १२ र विद्यालयबाहिरका ६१ गरी एक हजार ७३, थाहा नगरपालिकामा विद्यालयका एक हजार आठ सय १६ र विद्यालयबाहिरका ७३ गरी एक हजार आठ सय ८९ जनालाई एचपिभी खोप लगाउन लागिएको हो ।

यस्तै, भीमफेदीमा विद्यालयका आठ सय ११ र विद्यालयबाहिरका ३३ गरी आठ सय ४४, मनहरीमा विद्यालयका दुई हजार दुई सय र विद्यालयबाहिरका ६२ गरी दुई हजार दुई सय ६२, राक्सिराङमा विद्यालयका सात सय ७९ र विद्यालयबाहिरका १९ गरी सात सय ९८, कैलाशमा विद्यालयका नौ सय २२ र विद्यालयबाहिरका ७९ गरी एक हजार एक जनालाई खोप लगाइने छ । बागमतीमा विद्यालयका एक हजार तीन सय सात र विद्यालयबाहिरका ३२ गरी एक हजार तीन सय ३९ र बकैयामा विद्यालयका एक हजार ६ सय ९६ र विद्यालयबाहिरका एक सय ५२ गरी एक हजार आठ सय ४८ किशोरीलाई खोप लगाउने तय भएको प्रमुख मिजारले जानकारी दिए । “जिल्लाका सबै स्थानीय तहमा आवश्यक तयारी भइसकेको छ, स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई आवश्यक तालिम तथा अभिमुखीकरण प्रदान गरिसकेका छौँ, अब सबै खोपकेन्द्रबाट खोप लगाउँछौँ । हामीले सिकोलिन नामक खोप लगाउने हौँ, स्वास्थ्यकर्मीबाट शून्य दशमलव पाँच मिली खोप मासुमा लगाउने हो ” मिजारले भने ।

यो खोप सरकारले आव २०८२÷८३ देखि नियमित रुपमा लगाउने कार्यक्रम गर्दैछ । कार्यक्रम अनुसार बागमती प्रदेशमा भने दुई लाख १८ हजार पाँच सय ५९ जनालाई खोप लगाइनेछ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit