Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

वाडा अटो शो, २०२५ स्टल बुकिङ खुला

वाडा अटो शो, २०२५ स्टल बुकिङ खुला
विज्ञापन
Advertisement

काठमाडौं । वाडा अटो शो, २०२५ का लागि स्टल बुकिङ खुला गरिएको छ । आगामी चैत १४ देखि १७ गतेसम्म पर्यटकीय नगरी पोखराको प्रदर्शनी केन्द्रमा आयोजना हुने ‘नाडा प्रिजेन्टस् वाडा अटो शो, २०२५’ को आज बिहीबारदेखि स्टल बुकिङ तथा रजिष्ट्रेशन खुला गरिएको हो ।

विज्ञापन
Advertisement
Advertisement

प्रदर्शनीमा भाग लिनेसम्बन्धी गरिएको सर्वेक्षणको आधारमा यस वर्ष पहिलो पटक पोखरामा वाडा अटो शो आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ । नाडा प्रिजेन्टस् वाडा अटो शोमा दुई पाङ्ग्रे, तीन पाङ्ग्रे, चार पाङ्ग्रे, लाइट कमर्सियल, हेभी कमर्सियल तथा मेसिनरी इक्युप्मेन्टस्, वित्तीय संस्था, इन्स्योरेन्स, अटो कम्पोनेन्टस् एवम् ग्यारेज उपकरणहरूलाई समूह अनुसार छुट्टयाइएको हुँदा सोही अनुरूप रजिष्ट्रेशन गर्न अनुरोध गरिएको छ ।

वाडाका अध्यक्ष दीपेन्द्र कोइरालाका अनुसार अर्थतन्त्रमा राजस्व सङ्कलन र रोजगारी सृजनाका लागि विषेश योगदान पुर्याउँदै आइरहेको सवारी साधन क्षेत्रमा संलग्न उद्योगी, व्यवसायी, कर्मचारी एवम् आम उपभोक्ताहरूलाई नाडा प्रिजेन्ट्स वाडा अटो शो २०२५ ले सकारात्मक ऊर्जा एवम् नवीनतम् प्रविधिहरूको साक्षात्कार गराउने अपेक्षा गरिएको छ । नाडाले सम्भाव्यता अध्ययन गरी आफ्ना प्रदेश एसोसिएसनहरूमार्फत नेपालका अन्य मुख्य–मुख्य सहरहरूमा पनि अटो प्रदर्शनीको आयोजना गर्ने बताएको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit