Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

उपन्यासकार घिमिरे सम्मानित

उपन्यासकार घिमिरे सम्मानित
विज्ञापन
Advertisement

हेटौंडा । नवसर्जक साहित्य चौतारी नेपाल, केन्द्रीय कार्यालय हेटौडाद्वारा आयोजित दोस्रो नवसर्जक उत्सवुमा लेखक तथा उपन्यासकार केशव घिमिरेलाई ‘नवसर्जक प्रतिभा सम्मान’ प्रदान गरिएको छ। नयाँ लेखकहरूलाई प्रोत्साहन गर्ने तथा साहित्यमा पुर्‍याएको योगदानको कदर गर्दै बागमती प्रदेशबाट २०८१ सालको सम्मान उपन्यासकार घिमिरेलाई प्रदान गरिएको हो।

विज्ञापन
Advertisement
Advertisement

सोही कार्यक्रममा विभिन्न प्रदेशका वरिष्ठ साहित्यकारहरू सम्मानित भएका छन्। अग्रज स्रष्टाका रूपमा प्राध्यापक डा.चुडामणि बन्धु (कोशी), चिन्तामणि निरौला (मधेश), सरोजप्रसाद शाह (मधेश), रोशन तिमल्सिना (गण्डकी), निशा पाण्डे (लुम्बिनी), शिवराज शाही (कर्णाली) र सुनिल बुढा कछुवा (सुदूरपश्चिम) सम्मानित भएका छन्।

साहित्य क्षेत्रमा लामो समयदेखि सक्रिय घिमिरे विगत एक दशकदेखि निरन्तर कलम चलाउँदै आएका छन्। तीन वर्षअघि उनलेुरुपीकाु उपन्यास बजारमा ल्याएका थिए। प्रदेशस्तरीय छनोटमा प्रथम स्थान हासिल गरेकाले उनलाई टिका ईश्वरी स्मृति नवसर्जक प्रतिभा सम्मान २०८१ु द्वारा सम्मान गरिएको हो। यस सम्मानका संरक्षक गोकर्ण सुवेदी र जयन्ती अर्याल रहेका छन्। नेपाली साहित्यका विभिन्न विधामा कलम चलाउँदै आएका घिमिरे विभिन्न साहित्यिक संस्थाहरू, प्रज्ञा प्रतिष्ठान, वाङ्मय प्रतिष्ठान तथा अन्य साहित्यिक गतिविधिमा निरन्तर सक्रिय रहँदै आएका छन्।

नेपाली साहित्यमा उनको उल्लेखनीय योगदानको कदर गर्दै प्रदान गरिएको यो सम्मान उनले साहित्यको क्षेत्रमा नयाँ उचाइ हासिल गर्ने प्रेरणास्वरूप रहेको आयोजकहरूले बताएका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit