Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

वीरेन्द्रनगरमा आजदेखि कर्णाली उत्सवः ‘कुडा कर्नालीका’

वीरेन्द्रनगरमा आजदेखि कर्णाली उत्सवः ‘कुडा कर्नालीका’
विज्ञापन
Advertisement

काठमाडौं । आजदेखि तीन दिनसम्म सुर्खेत वीरेन्द्रनगरमा सञ्चालन हुने कर्णाली उत्सवः ‘कुडा कर्नालीका’ छैटौँ संस्करण २०८१ सुरु भएको छ । यसलाई प्रदेशको पहिचान दिने र सम्भावना केलाउने मञ्च भएको बताइएको छ।

विज्ञापन
Advertisement
Advertisement

ऋति फाउण्डेसनद्वारा सोमबारदेखि तीन दिनसम्म सुर्खेत वीरेन्द्रनगरमा सञ्चालन हुने कर्णाली उत्सवः ‘कुडा कर्नालीका’ छैटौँ संस्करण २०८१ का संयोजक कमल लम्सालले विचारहरुको मन्थनबाट कर्णालीको सम्भावना र भविष्य खोज्ने थलोका रुपमा उत्सव मनाउन थालिएको बताए।प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रमको सफलताको कामना गर्दैै शुभकामना दिएका छन् ।

कर्णाली उत्सवको पाँचौँ संस्करणसम्म भएका उपलब्धि भनेकै यसलाई चिन्ने र चिनाउने प्रयास हो भन्दै संयोजक लम्सालले नीतिगत सुझाव सङ्कलन तथा नीति निर्माता एवं कार्यान्वयनकर्ताको ध्यानाकर्षणमा यसले महत्वपूर्ण भूमिका खेल्दै आएको दाबी गरे।

राष्ट्रिय योजना आयोगका पूर्व सचिव तथा कर्णाली उत्सवः ‘कुडा कर्नालीका’ संरक्षक केवलप्रसाद भण्डारीले विसं २०७६ देखि उत्सवले कर्णालीमा सामाजिक संवाद सुरु गरेको बताए। उत्सवका विषयवस्तु/सामग्री संयोजक प्रकाश लामिछानेले आज फागुन ५, ६ र ७ गतेसम्म वीरेन्द्रनगर सिटी हलमा सञ्चालन हुने उत्सवमा प्रस्तुत हुने विषयवस्तु एवं सामग्रीबारे प्रस्ट पारे ।

उनका अनुसार आज फागुन ५ गते पहिलो दिन ‘के पढ्यौंँ के पढायौँ ?’ ‘स्वाइनीको स्वर ‘खस कुडा खास कुडाः किस्सा तन्नेडीका’, ‘बैकेनी बोल्लिछन्,’ भोलि दोस्रो दिन ‘स्याउको सह,’ ‘आश लाग्दो अर्थतन्त्र,’ ‘छोरीको छहारी,’ ‘टेको सङ्घीयताको,’ ‘कर्णालीमा मधेश’ र पर्सि तेस्रो दिन ‘खलङ्गाः शक्तिको सदरमुकाम,’ ‘चौघान चर्चा,’ ‘राजनीतिः रहर–लहड, ‘मनउँदो कर्णाली मैदानउँदो’ कर्णाली प्रस्तुत हुनेछन्।

त्यस्तै, उत्सवमा कर्णाली चिनाउन विशेष योगदान गर्ने गोविन्द नेपाली रङ्गकर्मी, प्रवासकुमार शाक्य (रक्तदान अभियान्ता) र दिपा राना सहकारी अभियान्ता लाई पैकेलो (नायक/नायिका) को रुपमा सम्मान गरिने आयोजक समितिका सम्पर्क व्यक्ति माधवप्रसाद चौलागाईँले जानकारी दिए। उनका अनुसार आज पहिलो दिन राजनीतिक चिन्तक विश्वभक्त दुलाल आहुती, भोलि प्राडा जीवेन्द्रदेव गिरी र पर्सि राजनीतिक विश्लेषक हरि शर्माले क्रमशः मान्ठ र मईडो, कणालीको बोली, लोकतन्त्र र लोकमन्त्रका विषयमा विद्वत प्रवचन दिनेछन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit