Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

युएसएआईडीद्वारा सञ्चालिन स्वास्थ्य, शिक्षा लगायतका चारवटा कार्यक्रम स्थगित

युएसएआईडीद्वारा सञ्चालिन स्वास्थ्य, शिक्षा लगायतका चारवटा कार्यक्रम स्थगित
विज्ञापन
Advertisement

काठमाडौं । अमेरिकी सहयोग नियोग युएसएआईडीले सहयोग गर्दै आएको शिक्षा, स्वास्थ्य, कृषि र तथ्यांकसँग सम्बन्धित चारवटा कार्यक्रमहरु नब्बे दिनका लागि स्थगित गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

सोमबार अर्थ मन्त्रालयले एक विज्ञप्तिमार्फत युएसएआईडीको सहयोगमा सञ्चालित चार वटा कार्यक्रम तीन महिनाका लागि रोकिएको जानकारी दिएको हो ।
‘अमेरिकी राष्ट्रपतिबाट २० जनवरी २०२५ मा जारी कार्यकारी आदेश बमोजिम नेपाल सरकारको बजेट प्रणालीमार्फत सञ्चालन भइरहेका शिक्षा, स्वास्थ्य, कृषि र तथ्यांकसँग सम्बन्धित चारवटा कार्यक्रमहरु ९० दिनका लागि रोकिएको जानकारी प्राप्त भएको छ’, मन्त्रालयका सहसचिव एवं प्रवक्ता श्याम प्रसाद भण्डारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी, जैविक विविधता, प्रदेश एवं स्थानीय शासन सुदृढीकरण कार्यक्रम र जलवायु उत्थानशील नगरपालिका सेवा कार्यक्रम गरी तीनवटा कार्यक्रमहरु डिजाइनको क्रममा रहेकोमा उक्त आदेशबाट यी कार्यक्रमहरु समेत रोकिएको मन्त्रालयले जनाएको छ । ‘डिजाइनको क्रममा रहेका उल्लेखित कार्यक्रमहरुको लागि सम्झौता नभइसकेको हुँदा कुनै सहयोग प्राप्त नभएको व्यहोरा जानकारी गराइन्छ।’

नेपालको आर्थिक, सामाजिक तथा पूर्वाधार क्षेत्रको विकासमा अमेरिकाले विगत लामो समयदेखि विभिन्न निकायमार्फत सहयोग गर्दै आएको छ। यसअघि महत्वपूर्ण मानिएको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजना पनि ट्रम्पको कार्यकारी आदेशअनुसार ९० दिनका लागि रोकिएको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit