Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

‘सरकारले दातृनिकायबाट आएको रकमबारे श्वेतपत्र जारी गर्नुपर्छ’

‘सरकारले दातृनिकायबाट आएको रकमबारे श्वेतपत्र जारी गर्नुपर्छ’
विज्ञापन
Advertisement

काठमाडौं । सांसद अमरेशकुमार सिंहले गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामार्फत नेपालमा भित्रिएको रकम र त्यसको उपयोगितबारे सरकारसँग जानकारी माग गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

प्रतिनिधिसभाको आजको बैठकमा सिंहले भने, “विभिन्न दातृ संस्था र निकायबाट आएका रकमबारे सामाजिक सञ्जालमा विभिन्न कुराहरु देखिन्छन, हाम्रो देशमा जसले पनि जहाँ पनि लगानी गर्न पाउने व्यवस्था के हो? गैरसरकारी क्षेत्रबाट कति रकम आयो र कुन क्षेत्रमा खर्च भयो त्यो सदनले थाहा पाउनुपर्छ ।”

यसको नियमनका लागि २०७४ सालमा राज्य व्यवस्था समितिबाट राष्ट्रिय सदाचार नीतिको मस्यौदा तयार भएको उल्लेख गर्दै उनले एनओजी र आइएनजीओबाट आएको पैसाबारे सरकारले श्वेतपत्र जारी गर्न माग गरे ।

यस्तै,नेपाल दोस्रोपटक फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को सम्पत्ति शुद्धीकरण तथा आतंकबादी लगानीको जोखिम पूर्ण सूची (ग्रे) लिस्टमा पर्नुको मुख्य कारण खुलाई सरकारले जवाफ दिनुपर्ने माग सिंहको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit