images
images
images

‘सरकारले दातृनिकायबाट आएको रकमबारे श्वेतपत्र जारी गर्नुपर्छ’

images
images
images

काठमाडौं । सांसद अमरेशकुमार सिंहले गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामार्फत नेपालमा भित्रिएको रकम र त्यसको उपयोगितबारे सरकारसँग जानकारी माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सिंहले भने, “विभिन्न दातृ संस्था र निकायबाट आएका रकमबारे सामाजिक सञ्जालमा विभिन्न कुराहरु देखिन्छन, हाम्रो देशमा जसले पनि जहाँ पनि लगानी गर्न पाउने व्यवस्था के हो? गैरसरकारी क्षेत्रबाट कति रकम आयो र कुन क्षेत्रमा खर्च भयो त्यो सदनले थाहा पाउनुपर्छ ।”

images
images

यसको नियमनका लागि २०७४ सालमा राज्य व्यवस्था समितिबाट राष्ट्रिय सदाचार नीतिको मस्यौदा तयार भएको उल्लेख गर्दै उनले एनओजी र आइएनजीओबाट आएको पैसाबारे सरकारले श्वेतपत्र जारी गर्न माग गरे ।

यस्तै,नेपाल दोस्रोपटक फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को सम्पत्ति शुद्धीकरण तथा आतंकबादी लगानीको जोखिम पूर्ण सूची (ग्रे) लिस्टमा पर्नुको मुख्य कारण खुलाई सरकारले जवाफ दिनुपर्ने माग सिंहको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्