काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बलियो अर्थतन्त्र स्थापनाका लागि दक्ष प्राविधिक र गुणस्तरीय शिक्षाको खाँचो रहेको बताएका छन् । दक्ष प्राविधिकहरु उत्पादन गर्न सके स्वदेशमानै स्वरोजगारीको सिर्जना गरि आयात प्रतिस्थापनमा समेत सहयोग पुग्ने भनाई मन्त्री दाहालको छ ।
सोमबार प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद–सिटीईभीटीको ३७ औं वार्षिक उत्सवमा उनले शिपयुक्त शिक्षा र प्रविधिको हस्तान्तरण मार्फत दक्ष प्राविधिकहरु उत्पादन गर्नु पर्ने उल्लेख गरे । उनले उच्च शिक्षा हाँसिल गरेका युवाहरु रोजगारीका लागि विदेशिनु परेको बाध्यता उल्लेख गर्दै सैद्धान्तिक शिक्षासँगै व्यवसायीक र प्राविधिक शिक्षा प्रदान गर्न सकेमात्र त्यसमा कमी आउने धारणा राखे ।
सिटीईभीटीले देशका विभिन्न ग्रामिण क्षेत्रमा पुगेर प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम प्रदान गर्नु सह्रानिय रहेको प्रशंसा गर्दै मन्त्री दाहालले तालिम र शिक्षा पाएको जनशक्तिलाई स्वदेशमानै आत्मनिर्भर र व्यवसायीक बनाउनतर्फ पनि ध्यान दिन सुझाए ।
कार्यक्रममा सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थी तथा अवकास प्राप्त कर्मचारीहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो भने मन्त्री दाहालले परिषद् मार्फत प्रकाशित जर्नलको लोकार्पण गरे ।















प्रतिक्रिया दिनुहोस्