
काठमाडौं । नेपालले युक्रेनको पक्षमा मतदान गरेको छ । संयुक्त राष्ट्रसंघमा ‘युक्रेनी भूभागबाट रुस तत्काल फिर्ता हुनुपर्छ’ भन्ने प्रस्तावमाथि सोमबार राष्ट्रसंघमा भएको मतदानमा नेपालले युक्रेनको पक्षमा रही मतदान गरेको हो ।
रुसले युक्रेनमाथि आक्रमण गरेको तीन वर्ष पूरा भएको सन्दर्भमा राष्ट्रसंघमा भएको मतदानमा प्रस्तावको पक्षमा ९३ र विपक्षमा १८ राष्ट्रले मत प्रकट गरेका छन् । यस्तै, ६५ देश मतदानमा भाग नलिई तटस्थ बसेका छन् । बहुमत सदस्यले ‘युक्रेनी भूभागबाट रुस तत्काल फिर्ता हुनुपर्ने’ प्रस्तावको पक्षमा मतदान गरेका कारण प्रस्ताव अनुमोदन भएको छ ।
अमेरिका, इजरायल, हंगरीलगायत देशले रुसको पक्षमा मतदान गरेका छन् । नेपालसँगै जर्मनी, बेलायत, फ्रान्स लगायतका राष्ट्रले प्रस्तावको पक्षमा समर्थन जनाउँदा मतदानमा भारत र चीन सहभागी भएनन् ।
प्रतिक्रिया दिनुहोस्