Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

ट्रम्पलाई म्याक्रोँको भने– युक्रेन शान्तिको अर्थ ‘आत्मसमर्पण’ हुन सक्दैन

ट्रम्पलाई म्याक्रोँको भने– युक्रेन शान्तिको अर्थ ‘आत्मसमर्पण’ हुन सक्दैन
तस्बीर : एपी
विज्ञापन
Advertisement

काठमाडौं । फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँले युक्रेन शान्तिको अर्थ ‘आत्मसमर्पण’ हुन नसक्ने चेतावनी दिएका छन्।

विज्ञापन
Advertisement
Advertisement

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्ताले अगाडिको बाटो निर्धारण भएको उनको भनाइ छ। रुसले युक्रेनमा आक्रमण शुरू गरेको तेस्रो वर्षगाँठको अवसरमा ह्वाइट हाउसमा भएको भेटमा दुवै नेताले युक्रेनमा शान्ति सैनिक पठाउने विचारमा प्रगति भएको बताएका थिए।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले किएभमा युरोपेली नेताहरूसँग भेट गरेका छन्। मंगलबार बिहान युक्रेनमा हवाई आक्रमणको चेतावनीको संकेतस्वरूप साइरन बजेपछि अधिकारीहरूले व्यापक क्षेप्यास्त्र आक्रमण हुनसक्ने चेतावनी जारी गरेका थिए।

आक्रमणमा कम्तीमा पाँच जना घाइते हुनुका साथै कैयौँ भवनमा क्षति पुगेको बताइएको छ। छिमेकी देश पोल्यान्डका अधिकारीहरूले क्षेप्यास्त्र आक्रमणको जवाफमा सैन्य विमान तैनाथ गरिएको बताएका छन्। संयुक्त राष्ट्रसंघमा, अमेरिकाले सोमबार दुई पटक रुसको पक्ष लिएको थियो। वासिङ्टनले आफ्नो पश्चिमी समर्थक छिमेकीमाथि मस्कोको आक्रमणको कुनै पनि निन्दाबाट बच्न चाहेको थियो।

“यो शान्तिको अर्थ युक्रेनले आत्मसमर्पण गर्नु होइन,” अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको संयुक्त पत्रकार सम्मेलनमा म्याक्रोँले भने। राष्ट्रपति म्याक्रोँले वासिङ्टनले कुनै पनि युरोपेली शान्ति सेनालाई सहयोग प्रदान गर्नु महत्त्वपूर्ण रहेको पनि बताए। “अमेरिकी राष्ट्रपति ट्रम्पसँग कुरा गरेपछि अगाडि बढ्ने बाटो छ भन्नेमा म पूर्ण रूपमा विश्वस्त छु,” उनले भने।

ट्रम्पले रुससँगको कूटनीतिक वार्ता पुनः शुरू गर्न र युक्रेन युद्ध अन्त्यका लागि वार्ता गर्न आफू तयार रहेको घोषणा गरेपछि म्याक्रोँ वासिङ्टन पुगेका थिए। ट्रम्पले युद्ध अन्त्य हुनेमा आफू विश्वस्त रहेको र आगामी दुई हप्तामा ह्वाइट हाउसमा जेलेन्स्कीले युक्रेनको दुर्लभ खनिज पदार्थमा वासिङ्टनको पहुँच प्रदान गर्ने सम्झौतामा हस्ताक्षर गर्ने अपेक्षा गरेको बताएका छन्।

“मलाई लाग्छ कि यदि हामी अपेक्षाकृत रूपमा अघि बढ्न सकेमा हामी यसलाई हप्ताभित्र अन्त्य गर्न सक्छौँ। तर, सशक्त रूपमा काम भएन भने यो केही लामो समय जारी रहनेछ,” ट्रम्पले म्याक्रोँसँगै गरेको पत्रकार सम्मेलनमा भने।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit