images images images
images images images
images
images
images

विद्युतीय गाडीमा राष्ट्र बैंकको कडाइ, कर्जा सिमा घट्यो

images

 काठमाडाैं । नेपाल राष्ट्र बैंकले विदुतीय गाडीको कर्जा मूल्यांकन अनुपात घटाएको छ । चालु आर्थिक वर्ष २०८१\८२ को अर्धवार्षिक समीक्षामार्फत विद्युतीय गाडीमा ८० प्रतिशतसम्म कर्जा पाइनेमा ६० प्रतिशत मात्रै दिने व्यवस्था गरिएको हो ।

‘व्यक्तिगत सवारी साधन र सबै प्रकारका विद्युतीय सवारी साधनको ऋण मूल्य अनुपातको सीमालाई ६० प्रतिशत कायम गरिनेछ,’ मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा भनिएको छ । यस्तै आईसीई इन्जिन (पेट्रोल)डिजेल लाग्ने गाडीमा ५० प्रतिशत कर्जा पाइनेमा अब ६० प्रतिशत पाइने भएको छ । अब विद्युतीय गाडीसहित व्यक्तिगत सवारी साधनमा ६० प्रतिशत कर्जा पाइने भएको हो ।

images
images

images
images

प्रतिक्रिया दिनुहोस्