Advertisement
Advertisement
Corporate Samachar
१ मंसिर २०८३, मंगलवार
Advertisement
Advertisement

कर घटाउनेदेखि लगानी बढाउनेसम्म, सरकारले दुई साताभित्र अर्थतन्त्र उकास्न बृहत् सुधार प्याकेज ल्याउँदै

कर घटाउनेदेखि लगानी बढाउनेसम्म, सरकारले दुई साताभित्र अर्थतन्त्र उकास्न बृहत् सुधार प्याकेज ल्याउँदै
फाइल फोटो
विज्ञापन
Advertisement

काठमाडौं। अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले एकदेखि दुई साताभित्र ३० देखि ३५ वटा नीतिगत तथा व्यावहारिक सुधारका कार्यक्रम सार्वजनिक गर्ने भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर प्रणालीदेखि लगानीको वातावरण, भन्सार, अन्तःशुल्क र सेयर बजारसम्म सुधारलाई तीव्रता दिने घोषणा गरेका हुन् । राष्ट्रिय कर दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले सुधारलाई एकपटकको निर्णयमा सीमित नराखी निरन्तर अघि बढाउने बताए। बजेटमार्फत कर प्रणालीमा थप व्यापक सुधार गर्दै ‘कर सुधारको २.०’ ल्याउनेसमेत उनको भनाइ छ । ‘आगामी एकदेखि दुई हप्ताभित्रै ३० देखि ३५ वटा सुधारका कार्यक्रम ल्याउने तयारीमा छौं । सुधार भनेको एकपटक कार्यक्रम ल्याएर हात बाँधेर बस्ने विषय होइन, यो निरन्तरको प्रयास हो,’ अर्थमन्त्रीले भने ।

उनका अनुसार, सरकारले पूर्वाधार सम्मेलनको सन्दर्भमा ५० देखि ६० वटा ऐनका करिब ५०० दफा संशोधन गर्ने गरी समग्र कानुनी सुधारको तयारीसमेत गरिरहेको छ।भन्सारदेखि अन्तःशुल्कसम्मका नीतिमा थप परिवर्तन गर्ने सरकारको योजना छ । चालु आर्थिक वर्षमा सरकारले आयकरको उच्चतम स्ल्याब १० प्रतिशत बिन्दुले घटाउनुका साथै पाँच लाखको करमुक्त आयसीमा बढाएर १० लाख रुपैयाँ पुर्‍याएको छ । करको दर घटाएर पनि राजस्व बढाउने लक्ष्य सरकारले राखेको छ । गत वर्ष १२ खर्ब ५० अर्ब रुपैयाँ राजस्व संकलन भएकोमा यस वर्ष १५ खर्ब ८० अर्ब रुपैयाँ उठाउने लक्ष्य निर्धारण गरिएको छ । यो करिब २७ प्रतिशतको वृद्धि हो ।

अर्थमन्त्री वाग्लेले सुशासन, प्रभावकारी कर प्रशासन र स्वेच्छिक कर अनुपालनबाट लक्ष्य हासिल गर्न सकिने बताए । उनले कर नीतिमा स्थिरता र पूर्वानुमानयोग्यता कायम गर्नुपर्नेमा जोड दिँदै निजी क्षेत्रलाई लगानी विस्तार गर्न आग्रह गरे । उनका अनुसार भोटेकोसी बाढी प्रभावितका लागि राहत प्याकेजको एक चरण कार्यान्वयन भइसकेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit