Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

इमाडोलको रंग पसलमा लागेको आगो नियन्त्रणमा, क्षतिको विवरण आउन बाँकी

इमाडोलको रंग पसलमा लागेको आगो नियन्त्रणमा, क्षतिको विवरण आउन बाँकी
विज्ञापन
Advertisement

काठमाडौं ।  ललितपुरको इमाडोलस्थित एक घरमा भएको आगलागी नियन्त्रणमा आएको छ। मंगलबार साँझ महालक्ष्मी नगरपालिकाको कृष्णमन्दिर चोक नजिकै रहेको एक घरमा आगलागी हुँदा उक्त घरको दुई तलामा क्षति पुगेको छ । आगलागी भएको घरमा माथिल्लो तल्लामा डेन्टल र तल्लो तल्लामा रंग पसल रहेको छ।

विज्ञापन
Advertisement
Advertisement

जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक नरहरि रेग्मीका अनुसार महालक्ष्मी नगरपालिका–१ इमाडोलको रंग पसलमा साँझ करिब सात बजेको समयमा आगलागी सुरु भएको हो।

जिल्ला प्रहरी र दमकलसहितको टोलीले आगलागी नियन्त्रणमा लिइसकेको छ। विद्युत सर्ट भएर आगलागी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit