काठमाडौं। एनआईसी एशिया बैंकले भक्तपुरको बालकोटस्थित श्री बाल विनायक आधारभूत विद्यालयलाई आवश्यक प्रविधिक सामग्री सहयोग गरेको छ।
आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत बैंकले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको पठनपाठनलाई सहज बनाउने तथा गुणस्तरीय शैक्षिक वातावरण निर्माणमा सहयोग पुर्याउने उद्देश्यले एक थान ल्यापटप र तीन थान डेस्कटप कम्प्युटर उपलब्ध गराएको हो।
सोमबार बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रञ्जन खड्का र काठमाडौं पूर्व सर्कल प्रमुख गणेश पौडेलले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सूर्यविनायक नगरपालिका–२ का वडा अध्यक्ष जनार्दन खड्का र विद्यालयकी प्रधानाध्यापक सविना राजभण्डारीलाई संयुक्त रूपमा उक्त सामग्री हस्तान्तरण गरेको बैंकले जनाएको छ।
कार्यक्रममा विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थी तथा बैंकका कर्मचारीहरूको सहभागिता रहेको थियो।
हाल १७० भन्दा बढी विद्यार्थी अध्ययनरत रहेको विद्यालयमा उपलब्ध गराइएको कम्प्युटर तथा ल्यापटपले सूचना प्रविधिमा आधारित शिक्षण–सिकाइलाई थप प्रभावकारी बनाइ विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।















प्रतिक्रिया दिनुहोस्