Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

नेपाल–जापान व्यावसायिक भेटघाट : थप लगानीका लागि अर्थमन्त्रीको आग्रह

नेपाल–जापान व्यावसायिक भेटघाट : थप लगानीका लागि अर्थमन्त्रीको आग्रह
विज्ञापन
Advertisement

काठमाडौं।  नेपाल–जापान फ्रेन्डसिप समिट २०२५ का लागि नेपाल आएका जापानी व्यावसायिक कम्पनीका प्रतिनिधिहरूले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग शिष्टाचार भेट गरेका छन्।

विज्ञापन
Advertisement
Advertisement

भेटका क्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले नेपालमा जापानी लगानी आकर्षित गर्ने ठूलो सम्भावना रहेको बताउँदै जापानी लगानीकर्ताहरुलाई नेपालमा थप लगानी गर्न आग्रह गरे। उनले नेपाल–जापान फ्रेन्डसिप समिटले नेपालमा लगानीकर्ताहरूका लागि अनुकूल वातावरण रहेको सन्देश प्रवाह गर्ने र जापानी लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न उत्प्रेरित गर्ने विश्वास व्यक्त गरे।

उनले विदेशी लगानीकर्ताहरूका लागि जलविद्युत्, पर्यटन र उत्पादनमूलक क्षेत्र आकर्षक रहेको उल्लेख गर्दै यी क्षेत्रमा उत्साहित भएर लगानी गर्न अनुरोध गरे। साथै, सरकार निजी क्षेत्रका सरोकारलाई सम्बोधन गर्दै विभिन्न कानुनहरू अध्यादेशमार्फत संशोधन गरी लगानीका लागि सहज वातावरण तयार पारिरहेको जानकारी पनि दिए।

जापानी प्रतिनिधिमण्डलमा फुजिता, बेन्सेस कर्पोरेसन, डिजिटल पाइलट, टोकियो मरिन, फोर्थ भ्याली लगायत एक दर्जनभन्दा बढी कम्पनीका प्रतिनिधिहरू सहभागी थिए। नेपाल–जापान फ्रेन्डसिप समिट आजदेखि काठमाडौंमा सुरु भएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit