Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

बुद्धभुमी नेपाल हाईड्रोपावरको नाफा बढ्यो, रिटेन्ड अर्निङ ऋणात्मक

बुद्धभुमी नेपाल हाईड्रोपावरको नाफा बढ्यो, रिटेन्ड अर्निङ ऋणात्मक
विज्ञापन
Advertisement

काठमाडौँ । बुद्धभुमी नेपाल हाईड्रोपावरको नाफा बढेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले ६२ लाख ५९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
अघिल्लो आर्थिक वर्षको समीक्षा अवधिसम्म कम्पनीले ३२ लाख ६२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यो मुनाफा अघिल्लो आवको तुलनामा ९१.८४ प्रतिशतले बढी हो ।

विज्ञापन
Advertisement
Advertisement

अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ९ करोड ५४ लाख रुपैयाँ रहेको कम्पनीको विद्युत बिक्री आम्दानी घटेर ९ करोड ११ लाख रुपैयाँमा झरेको छ ।

वित्त खर्च ५ करोड १० लाख रुपैयाँबाट घटेर ४ करोड २८ लाख रुपैयाँमा सीमित बन्दा कम्पनीको प्रशासनिक खर्च समेत घटेको देखिन्छ । कम्पनीको १ करोड २९ लाख रुपैयाँबाट खर्च घटेर १ करोड १८ लाख रुपैयाँमा झरेको छ ।

यो अवधिमा कम्पनीको रिटेन्ड अर्निङ ७ करोड ५३ लाख रुपैयाँले ऋणात्मक अवस्थामा पुगेको छ। कम्पनीको प्रतिसेयर आम्दानी–त्रैमासिक ०३.१३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ८४.४८ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३४५.१९ रुपैयाँ छ । कम्पनीको तरलता अनुपात ४८ प्रतिशत कायम छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit