
काठमाडौँ । बुद्धभुमी नेपाल हाईड्रोपावरको नाफा बढेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले ६२ लाख ५९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
अघिल्लो आर्थिक वर्षको समीक्षा अवधिसम्म कम्पनीले ३२ लाख ६२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यो मुनाफा अघिल्लो आवको तुलनामा ९१.८४ प्रतिशतले बढी हो ।
अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ९ करोड ५४ लाख रुपैयाँ रहेको कम्पनीको विद्युत बिक्री आम्दानी घटेर ९ करोड ११ लाख रुपैयाँमा झरेको छ ।
वित्त खर्च ५ करोड १० लाख रुपैयाँबाट घटेर ४ करोड २८ लाख रुपैयाँमा सीमित बन्दा कम्पनीको प्रशासनिक खर्च समेत घटेको देखिन्छ । कम्पनीको १ करोड २९ लाख रुपैयाँबाट खर्च घटेर १ करोड १८ लाख रुपैयाँमा झरेको छ ।
यो अवधिमा कम्पनीको रिटेन्ड अर्निङ ७ करोड ५३ लाख रुपैयाँले ऋणात्मक अवस्थामा पुगेको छ। कम्पनीको प्रतिसेयर आम्दानी–त्रैमासिक ०३.१३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ८४.४८ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३४५.१९ रुपैयाँ छ । कम्पनीको तरलता अनुपात ४८ प्रतिशत कायम छ ।
प्रतिक्रिया दिनुहोस्