Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

एभरेष्ट बैंकको नाफा वृद्धि हुँदा लाभांश क्षमता ३१.९३ प्रतिशत पुग्यो, खराब कर्जामा पनि बढोत्तरी

एभरेष्ट बैंकको नाफा वृद्धि हुँदा लाभांश क्षमता ३१.९३ प्रतिशत पुग्यो, खराब कर्जामा पनि बढोत्तरी
विज्ञापन
Advertisement

काठमाडौं । एभरेष्ट बैंकको चालु आर्थिक वर्षको ६ महिनामा खुद नाफा २ प्रतिशत बढेर २ अर्ब ११ करोड रुपैयाँ नाघेको छ । बैंकले गत वर्षको सोही अवधिमा २ अर्ब ७ करोड ४७ लाख ६३ हजार रुपैयाँ खुद नाफा गरेकोमा चालु आवको समीक्षा अवधिमा नाफा बढेर २ अर्ब ११ करोड ७१ लाख १६ हजार रुपैयाँ पुगेको हो ।

विज्ञापन
Advertisement
Advertisement

चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा बैंकको खुद ब्याज आम्दानी पनि ५.९६ प्रतिशत बढेको छ । हाल बैंकको खुद ब्याज आम्दानी ४ अर्ब ५७ करोड २९ लाख ४१ हजार रुपैयाँ पुगेको बैंकले जनाएको छ । गत वर्षको सोही अवधिमा बैंकले ४ अर्ब ३१ करोड ५८ लाख २१ हजार रुपैयाँ खुद ब्याज आर्जन गरेको थियो । यस्तै, बैंकको खुद शुल्क तथा कमिसन आम्दानी २०.३८ प्रतिशत वृद्धि भई ९२ करोड ९ लाख ५४ हजार रुपैयाँ पुगेको छ । बैंकको कूल सञ्चालन आम्दानी समेत ९.७३ प्रतिशत बढेर ५ अर्ब ८१ करोड ४७ लाख रुपैयाँ र सञ्चालन नाफा २ प्रतिशत वृद्धि भएर ३ अर्ब १७ करोड १६ लाख ४६ हजार रुपैयाँ रहेको छ।

बैंकसँग शेयरधनिलाई वितरणयोग्य नाफा ३ अर्ब ३४ करोड २८ लाख ३१ हजार रुपैयाँ रहेको छ भने लाभांश क्षमता ३१.९३ प्रतिशत रहेको देखिएको छ । गत वर्षको सोही अवधिमा बैंकको वितरणयोग्य नाफा २ अर्ब ७१ करोड ६७ लाख ७१ हजार रुपैयाँ थियो । यष्सैगरी, बैंकको चुक्ता पुँजी १३ अर्ब ७२ करोड १३ लाख ७६ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको तुलनामा यो ६ प्रतिशतको वृद्धि हो । बैंकको जगेडा कोषमा १४ अर्ब ९४ करोड ८३ लाख रुपैयाँ जम्मा छ ।

यस्तै, बैंकको निक्षेप संकलन २.०५ प्रतिशत वृद्धि भई ३ खर्ब ४ अर्ब ९५ करोड ८७ लाख १९ हजार रुपैयाँ र कर्जा लगानी २ खर्ब ३६ अर्ब ४२ करोड ७२ लाख ४४ हजार रुपैयाँ पुगेको छ । यस्तै, बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८०.१९ प्रतिशत र आधार दर ४.७५ प्रतिशत रहेको छ । प्रतिशेयर आम्दानी १.२० रुपैयाँ घटेर ३०.८६ रुपैयाँमा आएको छभने पुस मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २१.३९ गुणा रहेको छ । यस्तै, प्रतिशेयर नेटवर्थ २३५.१५ रुपैयाँ रहँदा दोस्रो त्रैमाससम्म खराब कर्जा बढेर ०.६८ प्रतिशत पुगेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit