Advertisement
Advertisement
Corporate Samachar
३० जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

९ महिनामा नबिल बैंकको नाफा ६ अर्ब ७६ करोड, प्रतिशेयर आम्दानी कति?

९ महिनामा नबिल बैंकको नाफा ६ अर्ब ७६ करोड, प्रतिशेयर आम्दानी कति?
विज्ञापन
Advertisement

 काठमाडाैं । नबिल बैंकले चालू आर्थिक वर्ष २०८२-८३ को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ, जसले बैंकको समग्र वित्तीय अवस्थालाई अझ सुदृढ भएको देखाएको छ।

विज्ञापन
Advertisement
Advertisement

समीक्षा अवधिका नौ महिनामा बैंकले ६ अर्ब ७६ करोड ४६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यो रकम गत आर्थिक वर्षको सोही अवधिको ५ अर्ब ५ करोड १४ लाख रुपैयाँको तुलनामा उल्लेखनीय वृद्धि हो।

खुद ब्याज आम्दानीमा पनि सुधार देखिएको छ। बैंकको खुद ब्याज आम्दानी ३।३६ प्रतिशतले बढेर १२ अर्ब ४५ करोड ९४ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष सोही अवधिमा १२ अर्ब ५ करोड ४४ लाख रुपैयाँ थियो।

सञ्चालन नाफातर्फ पनि बैंकले राम्रो प्रगति गरेको छ। तेस्रो त्रैमाससम्म आइपुग्दा सञ्चालन नाफा ७ अर्ब ६२ करोड रुपैयाँबाट बढेर ९ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ।

पूँजी तथा जगेडा कोषमा समेत विस्तार भएको छ। बैंकको चुक्ता पूँजी २७ अर्ब ५ करोड रुपैयाँबाट बढेर ३२ अर्ब ५ करोड रुपैयाँ पुगेको छ भने जगेडा कोष ३१ अर्ब ६२ करोड रुपैयाँबाट बढेर ३४ अर्ब ४० करोड रुपैयाँ पुगेको छ।

यसैगरी, वितरणयोग्य नाफा पनि उल्लेखनीय रूपमा बढेको छ। अघिल्लो वर्षको २ अर्ब ८७ करोड रुपैयाँबाट बढेर यो वर्ष ४ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ।

समग्र जोखिम व्यवस्थापनमा पनि सुधार देखिएको छ। बैंकको खराब कर्जा (एनपीएल) ४.९६ प्रतिशतबाट घटेर ३।३७ प्रतिशतमा झरेको छ, जसले कर्जा गुणस्तरमा सुधार भएको संकेत गर्छ।

प्रति सेयर आम्दानी ३३.०२ रुपैयाँ कायम रहँदा प्रति सेयर नेटवर्थ २४३।३० रुपैयाँ पुगेको बैंकले जनाएको छ।
समग्रमा, नबिल बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सन्तोषजनक वित्तीय प्रदर्शन गर्दै नाफा, आम्दानी तथा जोखिम व्यवस्थापन सबै पक्षमा सुधार गरेको देखिन्छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit