Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

वित्त आयोगको वार्षिक प्रतिवेदन पेस

वित्त आयोगको वार्षिक प्रतिवेदन पेस
विज्ञापन
Advertisement

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन, २०७९\८० र संसदीय समितिका तीन प्रतिवेदन पेस भएका छन् ।बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन, २०७९\८० सभासमक्ष पेश गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

यसैगरी अर्थ समितिका सभापति सन्तोष चालिसेले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेश गरे । प्रतिवेदन पेश गर्दै उनले समितिमा २८ बुँदामा संशोधन प्रस्ताव आएकामा तीन बैठकमा छलफल गरी प्रतिवेदन तयार पारिएको जानकारी दिए । यसैगरी सभापति चालिसेले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन पनि सभासमक्ष पेश गरे ।

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ सभा समक्ष पेस गरे ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit