Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

चितवनमा आजदेखि राष्ट्रिय ‘डेरी एक्स्पो’ हुँदै

चितवनमा आजदेखि राष्ट्रिय ‘डेरी एक्स्पो’ हुँदै
विज्ञापन
Advertisement

काठमाडौँ । चितवनको भरतपुरस्थित चितवन प्रदर्शनी केन्द्रमा आजदेखि प्रथम राष्ट्रिय प्रदर्शनी हुँदैछ ।

विज्ञापन
Advertisement
Advertisement

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेड र चितवन उद्योग सङ्घको संयुक्त आयोजनामा हुने प्रदर्शनीमा दुग्ध उत्पादनसम्बन्धी ५२ प्रदर्शनीकक्ष समावेश गरिएको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेडका अध्यक्ष किशोर बगालेले बताए ।

प्रदर्शनीमा ‘डेरी प्रसेसिङ’ तथा पशु आहार उद्योगका ‘मेसिनरी’ तथा उपकरण र दुग्धउत्पादन प्रदर्शन गरिने छ । दूध किसानका समस्या समाधन गर्ने, पशुपालनमा प्रविधिको प्रयोग गर्दै उत्पादन लागत घटाउन गर्नसकिने उपायबारे अवलोकनकर्तालाई तथा किसानलाई बुझ्न प्रदर्शनी उपयोगी हुने उनले बताए ।

प्रदर्शनीमा डेरी उद्योगका लागि सफ्टवेयर, डेरी सहकारी, पशुपालनमा प्रयोग हुने सामग्री तथा उपकरण, पशुपालन आहारसम्बन्धीका स्टल, पशु औषधि तथा भेटनरी सेवासम्बन्धीका स्टल, डेरीलाई उपयोग हुने प्याकेजिङ उद्योगका स्टल, बैंक तथा बीमा कम्पनी, स्टार्टअप प्याभिलियन रहने छन् ।
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले आज प्रदर्शनीको उद्घाटन गर्ने कार्यक्रम छ । प्रदर्शनी आगामी आइतबार समापन हुनेछ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit