images images
images images
images

प्रभु क्यापिटलको ८ लाख कित्ता सेयर बिक्रीमा, जीवन विकास लघुवित्तबाट बाहिरिँदै 

images
images
images

काठमाडौँ । जीवन विकास लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर आजबाट बिक्री खुलाइएको छ । लघुवित्त संस्थाको दोस्रो ठूलो सेयरधनी प्रभु क्यापिटलले आफ्नो स्वामित्वको सेयर बिक्री गरेर बाहिरिन लागेको हो ।

लघुवित्तमा क्यापिटलको १२ लाख १९ हजार २७९ कित्ता सेयर स्वामित्व रहेको छ । सो मध्ये क्यापिटलले ८ लाख कित्ता सेयर बिक्रीमा राखेको छ । लघुवित्तको ४४ करोड रुपैयाँ बराबरको उक्त सेयर प्रतिकित्ता ५५० रुपैयाँ तोकेर बिक्रीमा राखेको हो ।

images
images

लघुवित्तको उक्त सेयरमा सर्वसाधारण लगानीकर्ताले समेत आवेदन दिन पाउने छन् । खरिद गर्न इच्छुक लगानीकर्ताले आइतवार (माघ २७) गतेदेखि फागुन ४ गतेसम्म आवेदन दिन सक्नेछन् ।

लघुवित्तको सेयरमा बोलपत्र पेश गर्दा कम्तिमा १ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ । लघुवित्तको सेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्