Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेपाल लाइफ इन्स्योरेन्स उत्कृष्ट ग्राहकमैत्री जीवन बीमा सेवा सँगै तीन विधामा सम्मानित

नेपाल लाइफ इन्स्योरेन्स उत्कृष्ट ग्राहकमैत्री जीवन बीमा सेवा सँगै तीन विधामा सम्मानित
विज्ञापन
Advertisement

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्सले तीन प्रतिष्ठित विधामा अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

बैंककमा आयोजना भएको आईसीसी २०२४ एसिया इन्स्योरेन्स कार्यक्रममा संलग्न भएका बीमा कम्पनीहरुमध्येबाट उत्कृष्टताका आधारमा इन्स्योरेन्सले तीन विधामा अन्तर्राष्ट्रिय अवार्ड पाएको हो । जसले सन नेपाल लाइफ इन्स्योरेन्सको व्यावसायिक उत्कृष्टता प्रमाणित गरेको छ ।

कम्पनीले ‘उत्कृष्ट जोखिम व्यवस्थापन रणनीति’, ‘बीमा क्षेत्रमा महिला नेतृत्व’ र ‘उत्कृष्ट ग्राहकमैत्री जीवन बीमा सेवा’ विधामा सम्मानित भएको हो । बैंककमा आयोजित विशेष कार्यक्रममा उक्त अवार्ड कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले ग्रहण गरेका थिए ।

उपलब्धिले कम्पनीको नवीन रणनीति, समावेशी नेतृत्व, र ग्राहक केन्द्रित सेवामा उच्चतम मानक स्थापित गरेको पुष्टि गर्दछ । यसले नेपालको बीमा क्षेत्रलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउनुका साथै ग्राहकको विश्वासलाई अझ मजबुत बनाउने प्रेरणा प्रदान गरेको कम्पनीले जनाएको छ ।

सन नेपाल लाइफले १३९ शाखा तथा उपशाखाबाट देशभर जीवन बीमा सेवा प्रदान गर्दै आएको छ । यस्तै, कम्पनीले आफ्ना ग्राहकको वित्तीय सुरक्षामा निरन्तर समर्पित रहेको जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit