Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

टीकापुरलाई गुलाबी सहर बनाउन अभियान थालियो

टीकापुरलाई गुलाबी सहर बनाउन अभियान थालियो
विज्ञापन
Advertisement

काठमाडौं । कैलालीको टीकापुरलाई प्रणय दिवसका अवसरमा गुलाबको सहर बनाउने अभियान सुरु गरिएको छ।

विज्ञापन
Advertisement
Advertisement

आज एक कार्यक्रम आयोजना गरी सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीले गुलाबको बिरुवा रोपेर अभियानको औपचारिक सुरुआत गरे।

उनले टीकापुरलाई गुलाबको सहर बनाउने अभियानको सुरुआत गर्नु मात्र ठूलो कुरा नभएको र त्यसलाई व्यवस्थित गर्नेतर्फ ध्यान दिन नगरपालिकालाई सुझाव दिए।

“बजारमा गुलाब रोपेर सहरलाई सुन्दर बनाउने काम राम्रो हो”, उनले भने, “यस अभियानमा सबै नागरिकले सघाउनुपर्छ। मेरो तर्फबाट पनि साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दछु।” मन्त्री चौधरीले टीकापुर बजारलाई गुलाबको सहर बनाउँदै गर्दा टीकापुर पार्कलाई ओझेलमा पार्न नहुने बताए।

टीकापुरलाई गुलाबको सहर बनाउने अभियानलाई सहयोग पुगोस् भनी सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्रले पाँच लाख सहयोग हस्तान्तरण गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit