Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सूचना प्रविधिलाई सरकारले लगानीको प्रमुख गन्तव्यका रूपमा विकास गर्छ : उद्योगमन्त्री भण्डारी

सूचना प्रविधिलाई सरकारले लगानीको प्रमुख गन्तव्यका रूपमा विकास गर्छ : उद्योगमन्त्री भण्डारी
विज्ञापन
Advertisement

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकार सूचना प्रविधिको क्षेत्रलाई लगानीको प्रमुख गन्तव्यका रूपमा विकास गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल कम्युनिष्ट पार्टी (एमाले) विज्ञान तथा प्रविधि विभागले आज यहाँ आयोजना गरेको ‘नेपालका लागि सूचना प्रविधिमा आधारित उद्यमशीलता ःआर्थिक समृद्धिको नयाँ बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले सरकार सूचना प्रविधिको माध्यमबाट देशमा सुशासन कायम गर्न क्रियाशील रहेको बताए ।

सन् २०२६ सम्ममा नेपाल विकासशील राष्ट्रको सूचीमा स्तरोन्नति हुने उल्लेख गर्दै उनले त्यसका लागि पनि सूचना प्रविधिमा लगानी बढाउन आवश्यक भएको बताए । उनले कम्पनी स्थापना पनि अटोमेसन (स्वचालित) को माध्यमबाट सञ्चालन गर्ने गरी प्रक्रिया अगाडि बढाएको बताए ।
‘आज घरमै बसेर कम्पनी दर्ता गर्ने काम अगाडि बढाएका छौँ । कार्यालय दर्ता हुने वित्तिकै उद्योग पनि स्वतः दर्ता गर्न सकिने व्यवस्था गरेका छौँ ।’ उद्योगमन्त्री भण्डारीले सरकारले सेवा प्रवाहको क्षेत्रमा सुशासनको अनूभूति दिइरहेको धारणा राखे ।

उनले धुवाँ, प्रदूषण उत्सर्जन गर्ने उद्योगलाई सूचना प्रविधिको प्रयोगमा लैजानुपर्नेमा जोड दिए । उनले पुँजी र प्रविधिलाई विशेष महत्त्वका साथ उठाइएको भन्दै प्रविधिलाई आत्मसात गर्न नसकेको खण्डमा आजको विकास सम्भव नहुने बताउए ।

मन्त्री भण्डारीले अबको उद्योग र उद्यमशीलतालाई सूचना प्रविधिको माध्यमबाट अगाडि बढाउनका लागि नीति ल्याउनेसमेत तयारी भइरहेको उल्लेख गरे । उनले मन्त्रालयअन्तर्गतका कानुनलाई सुधार गरेर लगानी, प्रविधि र उद्योग स्थापना गर्न जोड दिइएको भनाइ राखे । उनले करमा सहुलियत हुन सके सूचना प्रविधिको विकास अझ बढी हुने पनि बताए ।

कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) की अध्यक्ष सुनैना पाण्डेले सूचना प्रविधिसँग सम्बन्धित कानुनमा देखिएका समस्यालाई सरकारले सहजीकरण गर्नुपर्ने बताइन् ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit